बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख सापकोटा र नर्वेका राजदूतबीच भेटवार्ता

सोमबार, ०५ फागुन २०७६, १५ : ४६
सोमबार, ०५ फागुन २०७६

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसेँबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबार स्थित सभामुख सापकोटाको कार्यकक्षमा शिष्टाचार भेट भएको हो । भेटमा राजदूत जोहानेसेँले भर्खरै निर्वाचित हुनुभएका सभामुख सापकोटालाई शुभकामना व्यक्त गरे ।

भेटवार्ताका क्रममा राजदूत जोहानेसेँले दुबै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आफसी समझदरीमा अगाडी बढ्नुपर्ने बताए । भेटमा दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप