शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मिर्मिर कपालैमा’ बाट घोरासैनीको दश वर्षपछि कम्ब्याक

सोमबार, ०५ फागुन २०७६, १५ : २०
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । लोकप्रिय गायक नवराज घोरासैनी झण्डै १० वर्षपछि गायनमा कमब्याक भएका छन् । ‘मिर्मिर कपालैमा’ बोलको नयाँ लोकगीत सहित उनले कमब्याक गरेका हुन् ।

शब्द, स्वर र संगीत समेत उनकै रहेको ‘मिर्मिर कपालैमा’ गीत गायनमा उनलाई चर्चित गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । दशबर्षपछि आएपनि गतिलो गीत ल्याएको  घोरासैनीले बताए ।

‘लामो समयको अन्तरालपछि ‘मिर्मिर कपालैमा’ ल्याएर आएको छु’, उनले भने, ‘गीत संगीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि गीत ल्याउनु आवश्यक थियो । राम्रो गीत बनाउन आफुलाई समय लागेको घोरासैनीको भनाइ रहेको छ ।

घोरासैनीले ०५८ सालमा ल्याएको आफ्नै गीत ‘घुम्तीनेर लेट भयो ...’ शैलीमा ‘मिर्मिर कपालैमा’ पनि ल्याएका छन् । ‘मिर्मिर कपालैमा’ पनि काठे भाकाको गीत भएको घोरासैनीले बताए ।

शिव बिकको निर्देशनमा गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा एसराज गराच र जेविका कार्की अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप