मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन ७ बाट तेस्रो गोलबजार मेयर गोल्डकप

सोमबार, ०५ फागुन २०७६, १५ : ०५
सोमबार, ०५ फागुन २०७६

सिरहा । गोलबजार तेस्रो मेयर गोल्डकप यहि फागुन ७ गतेबाट सुरु हुने भएको छ । गोलबजार नगरपालिकाको सहयोग र प्रतिभा संरक्षण क्लबको आयोजनामा हुन लागेको तेस्रो मेयर गोल्ड कप फुटबल प्रतियोगितामा देशभरका आठवटा टिम भिड्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

स्थानिय फुटबल खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिभाको रुपमा विकास गर्न यो प्रतियोगिताको उद्देश्य रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ । गोलबजार नगरपालिकाले फुटबल, कराँते लगायतका खेलहरुलाई महत्वको साथ हेरिरहेको र यस्ता खेलाडीहरुको स्तरोन्नतीको लागि नगरपालिका सधै सकारात्मक रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनकै क्रममा नगर प्रमुख देवनाथ साहले बढ्दो व्यरोजगारी र कूललतबाट युवाहरुलाई जोगाउन यस्ता प्रतियोगिताहरुको महत्वपूर्ण योगदान रहने आफ्नो ठम्याई रहेको बताए । उनले भने, ‘अहिले गोलबजार मात्र हैन देशैभरी बेरोजारी समस्या छ’, त्यतिकै मात्रामा युवाहरु कूलतमा फसिरहेका छन् । उनीहरुको प्रतिभा संरक्षण गर्न र खेलको माध्यमबाट नगरलाई चिनाउन नगरपालीका चाहन्छ ।’ 

सोही क्रममा गोलबजार नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले नगरले १४ लाख ६५ हजार र आयोजकले बाँकी रकम अन्य क्षेत्रबाट जोह गरी करिव २७ लाख ३ हजार लागतमा खेल सम्पन्न गर्न लागिएको बताए ।

प्रतियोगितामा प्रथम हुन टिमलाई ३ लाख नगद पुरस्कार र दोस्रो हुनेलाई एक लाख ५० हजार नगद पुरस्कारको व्यवस्था गरेको आयोजक संस्थाका अध्यक्ष संजिव महराले जानकारी दिए । उनले नगरले दिएको सहयोग बाहेक अन्य व्यसायीक संस्थाहरुबाट सहयोग जुटाइएको बताए ।

प्रतियोगितामा जलथल एफ.सी. हल्दीवारी, झाप, चर्च ब्वाईज क्लव, काठमाडौं, एफ.सी. मुण्डियाल, हेटौडा, बागमती फूटवल क्वलव, सर्लाही, २७ नं. वाहिनी अड्डा, चोहर्वा, सिरहा, आयोजक र गोलबजार स्पोर्टस् क्लवको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतवहादुर विश्वकर्माले गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप