बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत उड्दै साम्राज्ञी

सोमबार, ०५ फागुन २०७६, १४ : ४७
सोमबार, ०५ फागुन २०७६

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत उड्ने भएकी छिन् । फिल्म ‘मारुनी’को बेलायतको लन्डनमा आयोजना हुने बिषेश शोका लागि उनी त्यसतर्फ जान लागेकी हुन् । 

अष्ट्रेलिया, जापान लगायत केही देशमा प्रदर्शन पछि फिल्म ‘मारुनी’ २३ फेब्रुअरीमा लन्डनको अल्डरसटस्थित एम्पायर हलमा बिषेश शो हुन लागेको हो । बेलायतमा फिल्मको प्रदर्शन फिक्स भएको निर्माता पुनम गौतमले जानकारी दिइन् । फिल्मको शोका लागि अभिनेत्री साम्राज्ञीका साथ आफु पनि फेब्रअरी २१ मा लण्डन उड्ने पुनमले बताइन् ।

एनआरएन यूकेको आयोजनामा फिल्मको विषेश शो हुन लागेको हो । शोमा फिल्म हेर्नका लागि १० बर्ष तलका बालबालिका र ६० बर्ष माथिका मानिसलाई निःशुल्क व्यवस्था गरिएको समेत एनआरएन यूकेका उपाध्यक्ष सुनिल खड्काले जानकारी दिए ।

नवल नेपालको निर्देशन रहेको फिल्मले स्वदेशमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।  फिल्ममा साम्राज्ञीको अलवा रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप