पहिलोपटक सबैलाई समेटेर ज्योतिष कक्षा सञ्चालन गर्दै पञ्चाङ्ग समिति
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले पहिलोपटक महिला, जनजाति र पिछडिएका वर्ग सबैको सहभागिता हुने गरी कर्मकाण्ड र ज्योतिष कक्षा सञ्चालन गर्न लागेको छ । शास्त्रीय विधान, नीति र नियमका बारेमा जानकारी दिने उद्देश्यले समितिले पहिलो पटक फागुन अन्तिम साताबाट कक्षा सञ्चालन गर्न आह्वान गरेको समितिका सदस्यसचिव एवं सूर्य पञ्चाङ्कार ज्योतिषी सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
यसअघि पनि समितिले पटक–पटक ज्योतिषीका कक्षा सञ्चालन गर्दै आएको थियो । यसपटक कर्मकाण्ड र ज्योतिष दुवै विशेष कक्षा सञ्चालन गर्न लागेको हो । ज्योतिषी बन्न चाहने र समाजमा कर्मकाण्डको महत्व बुझेर काम गर्न सक्ने जनशक्ति आवश्यक रहेको भन्दै विशेष प्रशिक्षणका लागि देशभरबाट अध्ययन गर्न इच्छुकहरु सम्पर्कमा आएको समितिले जनाएको छ ।
जाति विशेष मात्र होइन, महिला र जनजातिहरुबाट पनि कर्मकाण्ड र ज्योतिष अध्ययन गर्ने चाहना व्यक्त भएपछि समितिले कक्षा सञ्चालन गरेको हो । शास्त्रीय मर्यादा, अनुशासन र नैतिक आचरण भएका व्यक्तिहरुले मात्र कर्मकाण्ड र ज्योतिषी अध्ययन गरी समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्नेछ । सदस्यसचिव ढुङ्गेलले भने,‘हामीले दिने विशेष कक्षामा शास्त्रीय आधारमा हामी कर्मकाण्ड र ज्योतिषीको कक्षा सञ्चालन गछौं ।’
समाजमा शास्त्रीय मर्यादाअनुसार ज्योतिषी र कर्मकाण्ड व्यवहारिक ज्ञान सिकाउने विशेष कक्षामा बाल्मिकी विद्यापीठका अध्यापक, ज्योतिषी र कर्मकाण्ड अध्येताले प्रशिक्षण दिने समितिले जनाएको छ ।
वाल्मिकी विद्यापीठ ज्योतिषका उपप्राध्यापक पुरुषोत्तम भट्टराईले समितिले आयोजना गर्ने विशेष प्रशिक्षण कक्षाबाट कर्मकाण्ड र ज्योतिषी अध्ययनका रुचि राख्नेहरुको व्यवहारिक र जीवनोपयोगी हुने बताए । शास्त्रीय ज्ञान र व्यवहारिक ज्ञान समावेश गरी तयार गरिएको पाठ्यक्रम भएकोले छोटो समयमा व्यवहारिक जीवनमा आवश्यक पर्ने ज्योतिषी र कर्मकाण्ड गर्नसक्ने जनशक्ति उत्पादन हुने बताए ।
उनले भने, ‘यसपटक महिला, जनजाति र पिछडिएको बर्गको सहभागिता गराउने समितिको योजना छ ।’ कर्मकाण्ड र ज्योतिषीमा गरी ४० देखि ५० जनाले प्रशिक्षणमा सहभागी हुन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो डीएभी बी.सी.ए. अन्तर कलेज फुटसल कपको तयारी पूरा
-
डढेलो सहर पसेपछि... (तस्बिरहरू)
-
दबाब नदिए टीआरसी अर्को १८ वर्ष जान पनि बेर छैन : अध्यक्ष प्रचण्ड
-
न्युजिल्यान्डले भ्रमणकारी टोली श्रीलंकालाई दियो २५६ रनको लक्ष्य
-
नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहने
-
साढे २४ अर्ब लागतमा दुई पाइपलाइन निर्माण गर्ने निगमको तयारी