फिल्मफेयर अवार्ड बिजेताको सूची देखेर रंगोली चन्देलले पोखिन् आलिया भट्ट र करण जोहरमाथि रिस, यतिसम्म भनिन्
आलिया भट्टले कंगना रनोटलाई पछि पार्दै फिल्म गली बोयमा आफ्नो अभिनयका लागि फिल्मफेयर अवार्ड जितेकी छिन् । कंगनाकी बहिनी रंगोली चन्देलले शनिबार आयोजित फिल्मफेयर पुरस्कारको विषयमा थुप्रै ट्वीट गरे । ट्वीटको एउटा सिरिजमा रंगोलीले आलिया भट्ट, अनन्या पांडे र करण जोहरसहित थुप्रैमाथि रिस पोखिन् ।
आलियाले गली बोयका लागि सर्वश्रेष्ट नायिकाको पुरस्कार जितिन् । यस्तै फिल्मले १३ विधामा जीत हासिल गरेको छ जुन एक नयाँ रेकर्ड हो ।
रंगोलीले लेखेका छन्, ‘आलियाले गत वर्ष आफ्नो औसत प्रदर्शनका लागि पुरस्कार पाएकी हुन् । उनले अहिले लामो यात्रा तय गर्नु छ तर जब तपाईं सपोर्टिङ भूमिकामा हुनुहुन्थ्यो भने मुख्य भूमिकाका लागि कसरी अवार्ड पाउनुभयो ?’
Kangana raised voice against awards so they be conscious of their actions and take fair calls, but awards be like ab toh pol khul he gayi ab openly nepotism karenge 😂😂 https://t.co/Q5R7dBHvEu
— Rangoli Chandel (@Rangoli_A) February 16, 2020
कंगनाले यसअघि गली बोयमा आलियाको प्रदर्शनलाई औसत बताएकी थिइन् र कंगनाले पद्मश्री जितेकोमा आलियाले उनलाई फूल पठाएकी थिइन् ।
स्टुडेन्ट अफ द इयर टु, पति पत्नी और वोमा अभिनय गरेका कारण सर्वश्रेष्ठ डेब्यूको पुरस्कार जित्ने अनन्या पाण्डेबारे पनि रंगोलीले ट्वीट गरेकी थिइन् । रंगोलीले अनन्याभन्दा राधिका मदान योग्य उम्मेद्वार भएको बताएकी थिइन् ।
Harrasment and suppression of real hard working talent, celebration of mediocrity over extraordinary cinema is why Kangana takes movie mafia class and slaps them on their faces... I am with her in her fight 🙏🙏🙏
— Rangoli Chandel (@Rangoli_A) February 16, 2020
रंगोलीले लेखिन्, ‘राधिका मदान सर्वश्रेष्ठ डेब्यू कलाकारको अवार्ड पाउने हकदार थिइन् । अनन्याका आमा बुवा बलिउडमा चर्चित छन्, कम्तीमा हामीले राधिकालाई त थोरै प्रोत्साहन दिएको भए हुन्थ्यो, उनको त्यो अधिकार हामीले खोस्यौं ।’
Alia got award for her mediocre performance last year, she has a long way to go but still she was in the lead role, how do you get lead role award in a supporting role is beyond me ..😁
— Rangoli Chandel (@Rangoli_A) February 16, 2020
रंगोलीले कंगनाको मणिकर्णिकामा अंकिता लोखंडेबारे पनि बताइन् ।
उनले लेखिन्, ‘अंकिताले झलकारी बाईको रुपमा एक शानदार डेब्यू गरेकी थिइन् तर नेपोले प्रमाणित गरिदियो कि जबसम्म यो फोहोर सफा हुँदैन तबसम्म यो क्षेत्रमा प्रतिभाले न्याय पाउँदैन ।’
Ankita as Jhalkari Bai was a supreme debut magar nepo ne prove kar diya, jab tak unki gandagi saaf nahin hogi tab tak industry mein real talent ko insaaf nahin milega 🙏 https://t.co/maOxHlmMMC
— Rangoli Chandel (@Rangoli_A) February 16, 2020
रंगोली चंदेल कंगना रनोटकी बहिनी हुन् र थुप्रै विषयमा उनी आफ्नो कुरा खुल्ला रुपमा राख्ने गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह