सुनको ब्रासलेट र मोबाइल लुटपाट
सोमबार, ०५ फागुन २०७६, १२ : ५७

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-९ सुन्दरीचोकबाट सोही ठाउँ बस्ने सुनसरी घर भएकी २० वर्षीया कान्ती कडरीयाको हातमा लगाएको सुनको ब्रासलेट १ थान र मोबाइल १ थान समेत गरी करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति लुटपाट भएको प्रहरीले जनाएको छ ।
अपरिचित ३ जना व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएकँ हुन् ।
यस सम्बन्धमा उजुरी परेपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।