निवर्तमान उपसभामुख शिवमाया कानुन मन्त्रीमा नियुक्त
सोमबार, ०५ फागुन २०७६, ११ : १५

काठमाडौँ । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए । सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ ।
यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् । लामो समयको विवादपछि उनले अन्ततः राजीनामा दिएकी थिइन् । उनले राजीनामा दिएसँगै अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत