शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेलिकोप्टरबाट कालापानी क्षेत्र अवलोकन गरी फर्किए उपप्रधानमन्त्री पोखरेल

सोमबार, ०५ फागुन २०७६, १० : ४३
सोमबार, ०५ फागुन २०७६

कालापानी क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेर नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोली फर्किएको छ । 

सोमबार बिहान साढे ८ बजेतिर दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर बाट कालापानी क्षेत्रको लागी उडेको टोली विहान ९ बजे तिर फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेष सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वु सिह बोहरा र मान वहादुर धामी सहित उप–प्रधान मन्त्रीका ६ जना सुरक्षाकर्मीहरुकोे टोलीले कालापानी क्षेत्रको अवलोकन गरको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौडेलले जानकारी दिए ।  

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसके पनि हेलीकप्टर बाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धु नाथ पौड्यालले पुष्टी गरे  ।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ । 

नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिसहरु बस्ने गरेका छन् ।  

त्यो बाहेक छ महिना यहाँका स्थानीय बसाई सराई गरेर सदरमुकाम खलंगा झर्ने गर्छन् । 

सुरक्षाकर्मी पनि हिमपातका कारण ब्यास गाउँपालिकाको वडा नं २ दुम्लीङ झरेका छन् ।
 
सुरक्षाकर्मी र मानिसहरु तल झरेका कारण त्रिदेशीय सीमाक्षेत्र अहिले मानवविहिन बनेको छ । तर भारत सरकारले भने हिउँमा बस्ने विशेष प्रकारको ब्यवस्थापन गरी सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मीहरु राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप