महिनावारी पछाडि सार्न प्रयोग गरिने औषधिका गम्भीर असर

कहिले काँही विशेष कारणबस महिनावारी पछाडि औषधिको प्रयोग गर्ने गरिन्छ । औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन् । महिनावारी सार्न प्रयोग गरिने औषधिले स्वास्थ्यमा के कस्ता गम्भीर असर पार्छ त ?
महिनावारी चक्र प्रभावित गर्छ
यदि तपाईंले धेरैपटक महिनावारी सार्नको लागि औषधिको प्रयोग गर्नुभएको छ भने यसलाई समयमै राक्नुपर्छ । यसले महिनावारी चक्र अनियमित गराउँछ भने प्रजनन सम्बन्धी विभिन्न समस्याहरु पैदा गर्छ । त्यस्ता औषधिको सेवनले गर्भधानमा समेत समस्या आउन सक्छ । बाँझोपनको समस्या पनि निम्त्याउँछ ।
रक्तनलीमा रगत जम्ने खतरा
महिनावारी सार्न खाने औषधिले रक्तनलीमा रगत जम्ने खतरा हुनसक्छ । यसरी रक्तनलीमा रगत जमेर मुटु र मस्तिष्कसम्म पुग्ने पनि खतरा पैदा हुनसक्छ ।
धेरै रगत बग्नु
२० प्रतिशतभन्दा बढी महिलाहरुमा यो औषधिको सेवनपछि धेरै रगत बग्ने गर्छ । धेरै रगत बग्दा शरीरमा रगतको कमि भई रक्तअल्पताजस्ता रोगहरु लाग्न सक्छ ।
पखाला लाग्ने तथा पेटको दुखाई
औषधिको प्रयोगले पखाला लाग्ने तथा पेटमा दुखाइ हुने गर्छ । त्यति मात्र होइन योनीमा रक्तश्राव पनि हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इसेवा महा–उत्सवका विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो
-
निर्माणाधीन पुल खस्दा दक्षिण कोरियामा चार जनाको मृत्यु
-
‘कर्मचारीले तलब खान पाएका छैनन्, ओली सरकारलाई पाप लाग्ला’
-
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते
-
बस दुर्घटनामा घाइते भएकाहरूलाई निःशुल्क उपचारको गर्न माग