बायर्न म्युनिख फेरि शीर्षस्थानमा

बायर्न म्युनिख फेरि जर्मन बुन्डेस लिगा फुटबलको शीर्षस्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई उसैको मैदानमा ४–१ गोलले हरायो ।
बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले दुई तथा रोवर्ट लेवान्डोस्की र किङ्सले कोमानले एक एक गोल गरे । एफसी कोल्नका मार्क अथले सान्त्वना गोल फर्काए । खेलको तेस्रो मिनेटमै रोबर्टो लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । पाँचौं मिनेटमा किङ्सले कोमानले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । १२ औँ मिनेटमा सर्जी गनाब्रीले तेस्रो गोल गरे । ६६औं मिनेटमा सर्जी गनाब्रीले व्यक्तिगत दोस्रो गाल गर्दै बायर्नलाई थप बिलयो बनाए । ७०औं मिनेटमा कोल्नका मार्क अथले सान्त्वना गोल गरेका थिए ।
जितसँगै शीर्ष टोली बायर्नको २२ खेलबाट ४६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ४५ अंक छ । बायर्नसँग पराजित एफसी कोल्न २३ अंक सहित १४औं स्थानमा छ । अर्काे खेलमा मेइन्ज र साल्केले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने