इरान अमेरिकासामू कहिले पनि झुक्नेछैनः रुहानी

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौता तोडे र त्यसपछि यस वर्षको सुरुवातमा ३ जनवरीमा अमेरिकाले इरानका प्रभावशाली सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गर्यो, त्यतिबेलादेखि यी दुई देशबीचको दुश्मनी चरम स्थितीमा छ ।
ट्रम्प सत्तामा आएपछि नै इरानमाथि ‘म्याक्सिमम प्रेशर’ को नीति अपनाइरहेका छन् । यसअन्तर्गत इरानमाथि विभिन्न प्रकारको कडा आर्थिक प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि कुनै पक्ष झुक्न तयार छैनन् । आइतबार इरानका राष्ट्रपति हसन रुहानीले एक पत्रकार सम्मेलनमा इरानले दबाबमा आएर कहिले पनि कुराकानी सुरु नगर्ने बताएका छन् ।
हसन रुहानीले भने, ‘हामी अमेरिकी दबाब सामू झुक्नेछैनौं । बाध्यतामा हामी अमेरिकासँग वार्तालाप सुरु गर्नेछैनौं ।’
यद्यपि, अमेरिकाको कडा आर्थिक प्रतिबन्धले इरानको अर्थव्यवस्गाको स्थिती नाजुक अवस्थामा पुगेको छ ।
प्रतिबन्धका कारण इरानले आफ्नो तेल बेच्न पाइरहेको छैन । इरानले अमेरिकासँग नयाँ परमाणु सम्झौतालाई लगातार खारेज गर्दै आएको छ । इरानले जबसम्म अमेरिका सन् २०१५ को परमाणु सम्झौता बहाल गर्दैन र आर्थिक प्रतिबन्ध हटाइँदैन तबसम्म कुनै कुराकानी सुरु नहुने बताउँदै आएको छ ।
रुहानीले भने, ‘इरानविरुद्ध अमेरिकाको ‘अधिकतम दबाब’ को नीति विफल भइसकेको छ । हाम्रो दुश्मनलाई राम्रोसँग थाहा भइसकेको छ कि दबाबको उसको रणनीति बेकारको साबित भइसकेको छ । इरानको मद्दत बिना संवेदनशील इलाका मध्य–पूर्वमा शान्ति र स्थिरता सम्भव छैन । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत
-
अवैध बसेकालाई डिपोर्ट गर्न अमेरिकाले सेनाको विमान प्रयोग किन बन्द गर्यो ?
-
माओवादीलाई कांग्रेसको आग्रह : कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्
-
वित्तीय शोषणविरुद्ध ९ वटा संगठनद्वारा संघर्षको घोषणा