मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान, यी स्थानमा वर्षाको सम्भावना

सोमबार, ०५ फागुन २०७६, ०८ : ३३
सोमबार, ०५ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमानको सूचना जारी गरेको छ । महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानमा केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । भने देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको छ।

पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो  देशका पूर्वी र मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पूर्वी र मध्यका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप