अन्तिममा किन रोकियो मन्त्रीको शपथ ?

२०७६ माघ २९ गते बिहानै रामेश्वर फुयाँललाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले फोन गरे– अपरान्ह ४ बजे तपाईंको शपथ छ । मन्त्रीका लागि तयार भएर आउनु होला ।
मुख्यमन्त्रीले नै फोन गरेर शपथको समय दिएपछि फुँयाल दौरा–सुरुवालमा आइरन लगाएर मुख्यमन्त्री शपथका लागि तम्तयार बसे ।
अधिकांश अनलाइन सञ्चारमाध्यमले पनि केशव स्थापितको बर्खास्तीपछि मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुयाँललाई नियुक्त गरिएको समाचार प्रकाशित गरे ।
मन्त्री हुने चर्को हल्लीखल्ली भए पनि फुयाँलको शपथ उक्त दिन भएन । अर्को कल नआएपछि फुयाँल दौरासुरुवाल फुकालेर बसे ।
आखिर फुयाँलको हुनै लागेको शपथ किन रोकियो ? के आवश्यक परामर्थबिनै मुख्यमन्त्री पोडेल अघि बढ्दा यस्तो अवस्था आएको हो ? बागमती प्रदेशका नेकपा नेता तथा कार्यकर्ता अहिले प्रश्न गरिरहेका छन् । यो समाचार आजको साँघु साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
-
प्रतिपक्षमा रहेका पार्टीका दलित जनसंगठनको संयुक्त विरोधसभा
-
कोहलीको नाममा अर्को कीर्तिमान
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारको खेल
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार