केन्द्रीय संस्करण

फिल्मफेयर अवार्ड नपाएपछि दुःखी हुँदै गीतकारले भने, ‘मर्ने बेलासम्म कुनै अवार्ड शोमा जान्नँ’

person explore access_timeफागुन ५, २०७६ chat_bubble_outline0

भारतको गुवाहाटीमा भएको ६५ औं फिल्मफेयर अवार्डमा फिल्म गली बोयको गीत ‘अपना टाइम आएगा’ ले फिल्मफेयर अवार्ड पायो । यो अवार्डको दौडमा मनोज मुंतशिरले लेखेको गीत ‘तेरी मिट्टी...’ पनि समावेश थियो । आफ्नो गीतले सम्मान नपाएका कारण मनोजले सोसल मिडियामा सन्देश लेखेर सबै अवार्ड शोलाई बहिष्कार गरेको घोषणा गरेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Alvida Awards..!!!

A post shared by Manoj Muntashir (@manojmuntashir) on

‘डियर अवार्डस्,

मैले जीवनभरी कोसिस गर्दा पनि ‘तू कहती थी तेरा चान्द हुँ मे और चान्द हमेशा रहता हे’ भन्दा उत्कृष्ट लाइन लेख्न सक्दिनँ । तपाईं ती शब्दलाई सम्मान दिन असमर्थ प्रमाणित हुनुभयो जसले करोडौं भारतीयलाई रुवायो र आफ्नो मातृभूमिबारे चिन्ता गरे । त्यसकारण आज म तपाईंलाई अलविदा भन्दैछु । आफ्नो अन्तिम साससम्म पनि कुनै अवार्ड शोमा नजाने यसैमार्फत् आधिकारिक घोषणा गर्छु । अलविदा ।’

गीतमाथि अन्याय भएको छः

मनोज भन्छन्, ‘यदि सर्वसाधारणको अगाडि यी दुई गीतलाई सँगै राखेर हेर्ने हो भने ‘तेरी मिट्टी...’ को लिरिक्सले लगभग ४० लाख मिलिट्री र प्यारामिलिट्री फोर्सेसलाई प्रतिनिधित्व गर्छ । यो देशभक्तिको राष्ट्रगानजस्तै हो । यदि यो गीतलाई ‘तू नंगा ही तो आया हे, घण्टा लेकर जाएगा...’ सँग तुलना गरिँदै छ भने यो गलत हो ।’

गीत सुन्नेहरुको मन टुट्योः

उनी थप्छन्, ‘मलाई लाग्छ कि सिनेमा एउटा पर्दा हो यो कहिले बेपर्दा हुनु हुँदैन । यस्ता प्रकारको वाहियात गीत बन्नु नै हुँदैन । यदि बन्छ भने पनि फिल्मफेयर जस्तो अवार्डले त्यसलाई मनोनित गरेर अवार्ड पनि दिन्छ भने मलाई यसमा कुनै आपत्ति छैन । तर यसो हुँदा जनता निरस छन् । हिन्दुस्तान यति ठूलो देश छ, रे यहाँ संगीत बुझ्ने मानिस पनि छन् । जसले संगीत बुझेका छन् उनीहरुको मन टुटेको छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...