केन्द्रीय संस्करण

यसवर्षको पृतनापति समन्वयात्मक बैठक शुरु

person explore access_timeफागुन ४, २०७६ chat_bubble_outline0

यस वर्षको पृतनापति समन्वयात्मक बैठक आजदेखि सैनिक मुख्यालय जङ्गी अड्डामा शुरु भएको छ । पछिल्ला वर्षमा सेना दिवसको पूर्वसन्ध्यामा यो बैठक हुँदै आएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले तीनदिने उक्त बैठकको शुभारम्भ गर्दै सेनामा आन्तरिकरूपमा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन कार्यमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन, भर्ना छनोटमा देखिने अनियमितता छानबिन र कारवाही, आर्थिक अपचलन अनुगमन कार्यले नेपाली सेनामा दीर्घकालीन एवं सकारात्मक प्रभाव पार्ने बताउँदै उनले  नैतिक चरित्र तथा जनताप्रति उत्तरदायी सेना भएको देशले कहिल्यै कसैसँग डराउनु नपर्ने बताए ।

अनावश्यक तथा अनधिकृत चलखेल, भनसुन तथा प्रचारबाजीमा विश्वास नगर्न निर्देशन दिँदै रक्षामन्त्री पोखरेलले भने, “सेनाले आफ्नो स्थापनाकालदेखि हालसम्म राष्ट्रिय सुरक्षा तथा विकास निर्माणमा पु¥याएको योगदान प्रशंसनीय छ,  नीति योजना र भावी कार्यक्रम तर्जुमा र कार्यान्वयनमा मन्त्रालयको साथ र सहयोग रहन्छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै तहका कमान्डरको काम कारवाही पारदर्शी, नैतिक, पदीय दायित्व, जवाफदेही, उत्तरदायी प्रणाली र पद्धति स्थापित गर्न सहयोगी हुन आवश्यक रहेको बताए ।
 
बलाधिकृत रथी शरदकुमार गिरीले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सेनालाई समयसापेक्ष थप सक्षम, व्यावसायिक, स्रोतसाधन सम्पन्न, आधुनिक प्रविधियुक्त तथा उच्च मनोबल भएको सेनामा रूपान्तरण गर्ने परिकल्पनासहित सेनाले दीर्घकालीन सोच अघि बढाइरहेको बताए । बैठकमा पृतनापति र विभागीय प्रमुखले आ–आफ्नो क्षेत्रको समग्र शान्तिसुरक्षाको अवस्था र भावी रणनीतिका बारे विस्तृतरूपमा जानकारी प्रस्तुत गर्नेछन् ।

उक्त बैठकबाट प्राप्त सुझावका आधारमा सेनाले नीति तथा योजना अघि बढाउने जानकारी दिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...