जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र स्थान छैन : जनार्दन शर्मा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताएका छन् ।
कर्णाली प्रदेश प्रेस सङ्गठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा शपथग्रहण कार्यक्रममा पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको भन्दै उनले सरकार दलाल र माफियाको जालो घेराबन्दीमा परेको बताए । छिटो त्यो जालो तोड्न प्रधानमन्त्रीलाई उनले आग्रह गरे ।
केन्द्रले कर्णालीको आवाज कम सुन्छ भन्दै उनले कर्णालीमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए ।
दुई वर्षदेखि रुकुम पश्चिममा सङ्घीय सरकारको बजेट रोकिएको तथा कर्णालीको विकास लगानी कम भएको भन्दै उनले राज्यले कर्णालीलाई हेला गरेको जिकिर गरे ।
उनले यहाँको विकासका लागि पत्रकारितामार्फत बुलन्द आवाज उठाउन पत्रकारलाई आग्रह गरे । “जनताको आलोचना नै हाम्रो ऊर्जा हो”, शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा