शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको रेमिट्यान्स दर बढ्यो

आइतबार, ०४ फागुन २०७६, १९ : ५४
आइतबार, ०४ फागुन २०७६

काठमाडौं । चालु आर्थिक वर्ष २०७६÷७७ को छ महिनामा विदेशी मुद्रा विप्रेषण(रेमिट्यान्स) आयात शुन्य दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । आइतबार ६ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो देखाएको हो । 

छ महिनामा रेमिट्यान्स शुन्य दशमलव ९ प्रतिशतले वृद्धि भई कुल ४४७ अर्ब २६ करोड पुगेको बैंकले जनाएको छ । गत वर्ष सोही अवधीमा विप्रेषण आप्रवाह ३० दशमलव २ प्रतिशले बढेको थियो । 


समीक्षा अबधीमा अमेरिकी डलर विप्रेषण १ दशमलव ३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तो आप्रवाह अघिल्लो वर्ष १७ दशमलव ६ प्रतिशत थियो ।

सो अबधीमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा समेत १७ दशमलव ७ प्रतिशतले वृद्धि आएको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो वर्षको सोही अबधिमा ३७ दशमलव ३ प्रतिशतले घटेको थियो ।

मलेसिया लगाएतका नयाँ गन्तव्य मुलुकहरुमा रोजगारीको ढोका खुलेसँगै वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा वृद्धि आएको बैंकले जनाएको छ ।

यो अबधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ० दशमलव ५ प्रतिशतले बढेको छ । गत वर्ष सोही अबधिमा यस्तो संख्या ४ दशमलव ५ प्रतिशत मात्र थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप