खाद्यान्नको मूल्यवृद्धि १० प्रतिशत नाघ्यो, तरकारी ५० प्रतिशत महँगो
काठमाडौं । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि १० प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको पुससम्मको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि १०.२१ प्रतिशत रहेको देखाएको हो । यही कारण औसत मुद्रास्फीति पनि बढेर ६.८२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मूल्यवृद्धि दर ४.५८ प्रतिशत मात्रै थियो ।
खाद्य पदार्थको मूल्य यसरी बढ्नुमा तरकारीको मूल्य प्रमुख कारण रहेको राष्ट्र बैङ्कले जनाएको छ । यो अवधिमा तरकारीको मूल्य ४८.२४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष तरकारीको मूल्य ८ प्रतिशतले घटेको थियो । त्यस्तै, मसलामा १५.०६ प्रतिशत, अल्कोहलमा १०.०४ प्रतिशत, दाल तथा गेडागुडीजन्य पदार्थमा ९.९८ प्रतिशत, फलफूलमा ७.०४ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
उता गैरखाद्य वस्तुतर्फ कपडा तथा फुटवेयर सामान तथा शिक्षा क्षेत्रको मूल्यवृद्धि उच्च छ । शिक्षामा ५.९४ प्रतिशत तथा कपडाजन्य वस्तुमा ५.४४ प्रतिशत मूल्य बढेको छ ।
तराई बढी महँगो
पुस महिनासम्मको अवधिमा भएको मूल्यवृद्धिमा तराई क्षेत्रको हिस्सा बढी छ । औसत मूल्यवृद्धि ६.८२ प्रतिशत हुँदा तराईका १९ जिल्लामा ७.४६ प्रतिशत, काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मूल्य वृद्धि भएको देखिएको छ । तराईमा खाद्यान्नको औसत मूल्यवृद्धि ११.५२ प्रतिशत छ भने काठमाडौं उपत्यकामा १०.२६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसरी अत्यधिक मूल्यवृद्धि हुनुमा भारतको मुद्रस्फीति प्रमुख कारणको रुपमा देखिन्छ । भारतीय रिजर्भ बैंकका अनुसार यो वर्ष भारतको मूल्य वृद्धिदर अहिले ७ प्रतिशत माथि पुगेको छ । यो मूल्यवृद्धि दर ६ वर्षदेखिकै उच्च हो । भारतीय सामानका निर्भर रहेका स्थानहरु यो अवधिमा उच्च मूल्यवृद्धिको शिकार भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण