बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा सशस्त्र प्रहरीद्वारा झण्डै चार करोडको अवैध सामान बरामद, १५ जना विभागीय कारवाहीमा

आइतबार, ०४ फागुन २०७६, १८ : ००
आइतबार, ०४ फागुन २०७६

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर रौतहट तथा मातहत ईकाईका टोलीले झण्डै चार करोड मूल्य बराबरको विभिन्न अवैध सामान बरामद गरेको छ ।

भारतबाट तस्करीको माध्यमले नेपाल भित्रिन लागेको तथा नेपालबाट अवैधरुपमा भारत लैजान लागेको विभिन्न सामान सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी जिल्ला कार्यालय हजमिनिया गौर मातहतका बोर्डर आउटपोष्ट तथा सशस्त्र प्रहरी बेश क्याम्पबाट खटेका गस्ती टोलीले गत माघ महिनामा कूल ६१ लाख, ३३ हजार नौसय २२ रुपैया बराबरको लताकपडा, सवारीसाधन, मदिरा, पशुपन्छी लगायतका सामान बरामद गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ ।

त्यसैगरी यस आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म रौतहटमा सशस्त्र प्रहरीले कुल तीन करोड ९६ लाख १३ हजार पाँचसय ९१ रुपैया बराबरको विभिन्न अबैधसामान बरामद गरी जिल्ला भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका जिल्ला प्रमुख एसपी रबीनराज कर्णजितले जानकारी दिए ।

उक्त अवधिमा तस्करीमा संलग्न झण्डै डेढदर्जन तस्करलाई अवैध सामानसहित पक्राउगरी कानुनी कारवाहीको दायरामा ल्याएको सशस्त्र प्रहरीको नीतिविपरित चलेका तथा तस्करसँग साँठगाँठ राखेका १५ जना प्रहरीलाई विभागीय कारवाहीको लागि सिफारिस गरिएको उनले बताएका छन् ।

त्यसैगरी यस आर्थिक वर्षको ६ महिनामा तस्करीमा प्रयोग भएको ४० सवारी बरामद गरी भन्सार बुझाइएको सशस्त्र प्रहरी रौतहटको तथ्याङ्कमा उल्लेख रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप