केन्द्रीय संस्करण

सीजीद्वारा टेलिकम्युनिकेशन सञ्चालनका लागि विश्व बैङ्कको अनुदान रकम नलिएको स्पष्टोक्ति

person explore access_timeफागुन ४, २०७६ chat_bubble_outline0
फाइल तस्विर

काठमाडौँ । सीजी कम्युनिकेशन प्रा.लिले मुलुकमा दुरसञ्चार सेवा(कम्युनिकेशन) सञ्चालनका लागि विश्व बैङ्कसँग कुनै आर्थिक अनुदान नलिएको दाबी गरेको छ । कम्पनीले मुलुकमा टेलिकम्युनिकेशन सेवा सञ्चालनका लागि विश्व बैङ्कसँग १ करोड १८ लाख अमेरिकी डलर अनुदान लिएको समाचारप्रति खण्डन गर्दै सो रकम आफूले नलिएर तत्कालिन एसटिएम टेलिकम सञ्चार प्रालिले लिएको जनाएको छ ।

उक्त विषयमा विभिन्न सञ्चार माध्यमा सीजीले नै उक्त रकम अनुदान लिएको समाचार आएपछि आइतबार एक विज्ञप्ती जारी गर्दै कम्पनीले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

सो रकम सीजीले नभएर तत्कालिन समयमा एसटिएम टेलिकम सञ्चार प्रा.लिले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दुरसञ्चार सेवा विस्तार गर्न विश्व बैङ्कबाट पुँजीगत अनुदान प्राप्त गरेको सीजीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सीजीका अनुसार नेपाल दुरसञ्चार प्राधिकरणले विश्व बैङ्कको ऋण सहयोगमा सञ्चालित ‘दुरसञ्चार क्षेत्र सुधार परियोजना’ अन्तर्गत सन् २००३ मा पूर्वाञ्चलका ५३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउन आह्वान गरेको बोलपत्रमा तत्कालीन एसटीएम छानिएको थियो । सोही परियोजना अनुसार तत्कालिन एसटीएमले त्यस बेला विश्व बैङ्कको अनुदान रकम पाएको हो ।

तर अहिले एसटीएम अस्तित्वमा छैन । सन् २०१३ मा सीजी समूह अन्तरगतको सीजी टेलले एसटीएम खरिद गरिसकेको छ ।

तत्कालिन समयमा एसटीएम अनुदान रकम पाएपनि उक्त रकम अनुदान उपहारको रुपमा नभएर सशर्त कार्यप्रगती र मापदण्डहरु पुरा गरिसकेपछि पाँच किस्तामा प्राप्त गरेको सीजीको भनाई छ ।

सो समयमा एसटीमले तोकिएको समय र क्षेत्रमा १ हजार ४ सय पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दुरसञ्चार प्राधिकरणले सन् २००७ अप्रिल २ मा परियोजना सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...