केजरीवालले मुख्यमन्त्रीको सपथ लिएलगत्तै भने– मोदीजीको आशीर्वाद चाहन्छु
नयाँ दिल्ली । भारतको दिल्ली विधानसभा निर्वाचनमा भारी बहुमत हासिल गरेको आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार मुख्यमन्त्री पदको सपथ लिएका छन् । उनी तेस्रो पटक दिल्लीको मुख्यमन्त्री भएका हुन् ।
आइतबार दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले सपथ लिएका हुन् । केजरीवालसँगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्री पदको सपथ लिएका छन् । केजरीवालले अघिल्लो मन्त्रिपरिषदलाई नै निरन्तरता दिएका छन् ।
केजरीवालले सपथ ग्रहण समारोहमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निमन्त्रण गरेका थिएनन् । सामान्यतया, कुनै पनि राज्यको मुख्यमन्त्रीको सपथ समारोहमा अन्य राज्यका मुख्यमन्त्रीहरुलाई निमन्त्रणा गर्ने प्रचलन छ ।
विधानसभा निर्वाचनअघि केजरीवालले राजनीतिक मुद्दामा निशाना बनाउँदै आएका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने सपथ समारोहमा बोलाइएको थियो । यद्यपि मोदी उक्त समारोहमा सहभागी भएनन् ।
मोदीप्रति नरम भए केजरीवाल ?
सपथ ग्रहणलगत्तै केजरीवालले मुख्यमन्त्रीका रुपमा सम्बोधनसमेत गरे । उनले निर्वाचनमा कसको जित र कसको हारभन्दा पनि सिङ्गो दिल्लीको जित भएको दावी गरे ।
उनले निर्वाचनमा कसैले आफ्नो पार्टीलाई भोट दिए पनि, नदिए पनि आफू सबैको मुख्यमन्त्री भएको जिकिरसमेत गरे । ‘कसैले भोट दिनुभयो होला, कसैले दिनुभएन होला, चुनाव सम्पन्न भइसक्यो, अब पार्टीका आधारमा भेदभाव हुनु हुँदैन, म सबैको मुख्यमन्त्री हुँ ।’
चुनावका बेलामा भएका प्रतिश्पर्धा, बहसहरु अतीत भइसकेको उनले बताए । ‘हाम्रा विरोधीहरुले हाम्रोबारेमा जे भन्नुभयो, हामीले त्यसलाई माफ गरिसकेका छौँ, अब म सबै पार्टीसँग मिलेर, केन्द्र सरकारसँग मिलेर दिल्लीलाई अघि बढाउने दिशामा काम गर्न चाहन्छु ।’
उनले दिल्लीको विकासका लागि आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको आशिर्वाद चाहिएको बताए । आफू सबैसँग मिलेर काम गर्न इच्छुक रहेको उनको भनाइ थियो ।
आफूले सपथ समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री मोदीलाई निमन्त्रणा गरेको जिकिर गर्दै केजरीवालले भने, ‘सायद उहाँ कुनै अर्को महत्वपूर्ण कार्यक्रममा व्यस्त हुनुभयो होला, तर म यो मञ्चका माध्यमबाट दिल्लीको विकासका लागि प्रधानमन्त्रीजी र केन्द्रीय सरकारको आशिर्वाद चाहन्छु ।’
दिल्ली विधानसभाका लागि ८ फेब्रुअरीमा भएको मतदानमा विधानसभाको ७० सिटमध्ये आम आदमी पार्टीले ६२ सिटमा जित हासिल गरेको छ । भारतीय जनता पार्टी ८ सिटमा विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण