शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘लभ डायरिज’लाई दर्शकको साथ

आइतबार, ०४ फागुन २०७६, १६ : ०२
आइतबार, ०४ फागुन २०७६

काठमाडौं । ‘भ्यालेन्टाइन डे’को अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लभ डायरिज’ले दर्शकको राम्रो साथ पाउन सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार दर्शकको राम्रो साथ पाएको निर्देशक सौरभ चौधरीले बताए ।

निर्देशक चौधरीका अनुसार शुक्रबार र शनिबार अधिकाम्स चलचित्र घर हाउसफुल रहेको थियो । प्रेमकथामा बनेको र ‘भ्यालेन्टाइन डे’को अवसर भएर पनि फिल्मले राम्रो दर्शक पाएको हो ।

वितरक करण क्रेजीले पनि ‘लभ डायरिज’को ब्यवसाय राम्रो भएको बताए । उनले भने, ‘फिल्मका दर्शक देखिएको मात्र होइन, हेर्नेले प्रतिक्रिया पनि राम्रो दिएको छन् ।’

अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापा बीचको प्रेमले भरिएको फिल्ममा रोमान्स र ट्रयाजेटी समेत रहेको छ । 

फिल्ममा सुशील र रुविनाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।

फिल्मको ब्ष्वसाय बुझ्न अभिनेता सुशिल श्रेष्ठ लगायत निर्माण टिम शसनबार बिभिन्न हलमा समेत पुगेका थिए । सो अवसरमा आफ्नो अभिनयलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको सुशिलले बताए ।

‘पछिल्लो समय मेरो फिल्म असफल भइरहेको बेला ‘लभ डायरिज’मा दर्शक देखिएका छन्’ सुशिलले भने ‘यो मेरा लागि एकदमै खुसीको कुरो हो ।’

संजय लामाको छायाँकन रहेको फिल्ममा दिर्घ खड्का र मिलन श्रेष्ठको सम्पादन छ । फिल्मलाई विनोद सापकोटाको निर्माण गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप