बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सांसद् श्रेष्ठको पारिश्रमिक सामाजिक कार्यमा, खर्च विवरण सार्वजनिक

आइतबार, ०४ फागुन २०७६, १५ : ०२
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ । वागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले आफ्नो पारिश्रमिक तथा भत्ताको वार्षिक खर्च विवरण सार्वजनिक गरेका छन् । सम्पूर्ण तलव–भत्ता सामाजिक कार्यमा प्रयोग गर्दै आएका उनले खर्च विवरण सार्वजनिक गरेका हुन् ।

सांसद श्रेष्ठको तलव–भत्ताबापतको वार्षिक रकम ७ लाख २० हजार रुपैयाँ हुने भए पनि उनले ८ लाख २३ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् । एक लाखभन्दा बढी रकम ऋण लिएर भए पनि सहयोग गरेको उनले बताए ।

उनले प्रदेशसभा सदस्य भएबापत मासिक ४५ हजार रुपैयाँ र घर भाडाबापत मासिक १५ हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् । 

काठमाडौँबाट प्रतिनिधित्व गर्दै आएका सांसद श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई ५० हजार, नयाँ वर्षको अवसरमा आयोजित चियापान कार्यक्रममा ३५ हजार, सामाजिक उद्देश्यका साथ देउसी भैलो खेल्न आएका संघ–संस्थालाई एक लाख १५ हजार रुपैयाँ दिएको विवरण सार्वजनिक गरेका छन् ।

विभिन्न संघ–संस्थालाई वनभोजका लागि ३० हजार, आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गलाई दशैँ खर्चबापत १ लाख ४५ हजार रुपैयाँ, हेटौंडामा कालिका मन्दिर निर्माण एवं विभिन्न सप्ताह पूजामा २५ हजार रुपैयाँ खर्च गरिएको उनले उल्लेख गरेका छन् ।

यस अतिरिक्त उनले पार्टीका तीन तहमा लेवी रकम बापत १ लाख ६२ हजार रुपैयाँ दिइएको जनाएका छन् ।

सांसद श्रेष्ठले गत वर्ष फेसबुकबाटै आफ्नो वार्षिक तलवभत्ता र खर्च विवरण सार्वजनिक गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप