बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरेर फरक नम्बरप्लेट राखेर प्रयोग, ४ मोटरसाइकल बरामद (भिडियो सहित)

आइतबार, ०४ फागुन २०७६, १३ : ११
आइतबार, ०४ फागुन २०७६

काठमाडौँ । काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङका बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो ।

 प्रहरी उपरीक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले मोटरसाइकल हराएको उजुरी परेपछि अनुसन्धानका क्रममा काठमाडौं र धादिङका विभिन्न स्थानबाट चारवटा मोटरसाइकल फेला पारेको बताए । 

उनले मोटरसाइकल चोरी गरी कारोबारमा संलग्न तथा प्रयोग गर्नेलाई समेत पक्राउ गर्न सफल भएको बताए । 

प्रहरी उपरीक्षक श्रेष्ठले फेला पारेका मोटरसाइकलहरु थानकोट तथा बालाजु क्षेत्रबाट हराएको बताए । मोटरसाइकल चोरी गरी फरक नम्बरप्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा बरामद भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप