फिनालेबाट गायब थिए बिग बोस १३ का यी चार प्रतिस्पर्धी, के हो कारण ?
देशको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस १३ को यात्रा १४० दिनपछि समाप्त भयो । १३ औं सिजनका विजेता बने टिभी जगतका चर्चित नाम, सिद्धार्थ शुक्ला । शनिबार भएको बिग बोस १३ को ग्रान्ड फिनाले निकै भव्य थियो । फिनालेमा शीष ६ प्रतिस्पर्धीका परिवार–साथीभाइबाहेक सिजनका १३ पूर्व प्रतियोगी पनि उपस्थित भए । तर बिग बोस १३ का चार पूर्व प्रतिस्पर्धी फिनाले नाइटबाट गायब भए ।
ग्रान्ड फिनालेमा पुगेनन् ४ प्रतिस्पर्धीः
बिग बोसको फिनालेमा कोयना मित्रा, सिद्धार्थ डे, खेसारी लाल यादव र अरहान खान उपस्थित भएनन् । सिद्धार्थ डे फिल्मफेयर अवार्डको तयारीमा व्यस्त थिए । त्यसकारण उनी फिनाले नाइटमा आउन सकेनन् । कार्यक्रम प्रस्तोता सलमान खानले सिद्धार्थ डेसँग भिडियो कल गरेर कुराकानी पनि गरेका थिए । सिद्धार्थ डे फिनालेमा उपस्थित हुन नसकेको कारण त थाहा भयो तर कोयना मित्रा र अरहान खान उपस्थित नहुँदा भने प्रश्न उठ्न थालेको छ ।
यद्यपि, बिग बोसलाई पछ्याउनेहरुसँग यो कारण लुक्न सकेको छैन । कोयना मित्राले बिग बोसबाट बाहिरिएपछि सलमान खान र निर्मातामाथि प्रश्न उठाएकी थिइन् । कोयनाले ट्वीट गरेर सलमान माथि पनि विभिन्न टिका टिप्पणी गरेकी थिइन् । उनको यस्तै व्यवहारका कारण सलमानले उनलाई फिनालेमा देख्न नचाहेको पनि हुनसक्छ । त्यसकारण कोयनालाई शोमा वाइल्ड कार्डमार्फत् पनि बोलाइएन । ।
अरहान खानको कुरा गर्ने हो भने उनको बिग बोसको यात्रा पनि निकै विवादास्पद रह्यो । अरहानले रश्मि देसाईसँग आफ्नो विवाह र बच्चाबारे लुकाएका थिए । त्यसपछि सलमान खानले अरहानको नेशनल टिभीमा पोल खोलिदिए । सलमान खानले अरहानसँग भेट्न नचाहेको खबर सार्वजनिक भएको थियो । त्यसकारण पनि उनलाई फ्यामिली विकमा बोलाइएको थिएन । फिनाले एपिसोडमा रश्मिकी आमा उनलाई सपोर्ट गर्न आएकी थिइन् । रश्मिले अरहान खानसँग कार्यक्रममा नै ब्रेकअप गरेकी थिइन् । यस्तोमा अरहान फिनालेमा आएको भए स्थिती तनावयुक्त हुन सक्थ्यो । त्यस्तै, खेसारी लाल फिनालेमा किन पुगेनन् भन्ने कारण पत्ता लाग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण