केन्द्रीय संस्करण

बगदादमा अमेरिकी दूतावास नजिकै रकेट हमला, चार महिनामा अमेरिकालाई निशाना बनाएर १९ औं हमला

person explore access_timeफागुन ४, २०७६ chat_bubble_outline0

इराकको राजधानी बगदादमा आइतबार बिहानै अमेरिकी दूतावास नजिकै थुप्रै रकेटमार्फत् हमला गरिएको छ । अमेरिकी सैन्य स्रोतले हमलापछि दूतावास परिसरमा सुरक्षा अलार्म बज्न थालेको बताएको छ । यद्यपि, कतिवटा रकेट हमला गरिएको थियो भनेर यकिन विवरण पत्ता लाग्न भने सकेको छैन । हमलामा कोही पनि हताहत भएका छैनन् ।

इराकको कट्टरपन्थी गुट हशद अल शाबीको इरान समर्थित गुट हरकत अल–नुजाबाले शनिबार अमेरिकी सैनिकलाई आफ्नो देशबाट निकाला गर्न उल्टो गन्ती सुरु भइसकेको बताएका थिए । त्यसको केही घण्टापछि नै अमेरिकी दूतावासमा हमला भयो ।

न्यूज एजेन्सी एएफपीका संवाददाताले आफूले थुप्रै विस्फोट सुनेको बताए । हमलाका बेला ग्रीन जोन नजिकै एयरक्राफ्टहरु पनि चक्कर लगाइरहेको देखिएको बताए । ग्रीन जोन बगदादको उच्च सुरक्षायुक्त इलाका हो जहाँ थुप्रै देशका दूतावास छन् ।

अमेरिकाले हमलाका लागि हश्द अल–शाबीलाई जिम्मेवार बतायोः

अमेरिकी दूतावास  वा इराकमा तैनाथ ५ हजार २ सय अमेरिकी सैनिकलाई निशाना बनाइएको अक्टोबरपछि यो १९ औं हमला हो । हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन तर अमेरिकाले इरान समर्थित गुटमा हशद अल– शाबीको नेटवर्कमाथि औंला उठाएको छ । यसमा आधिकारिक रुपमा इराकका सुरक्षाबल समावेश छन् ।

जनरल सुलेमानीको हत्यापछि पश्चिमी देशमा तनावः

डिसेम्बरको अन्त्यमा उत्तरी इराक बेसमा रकेट हमलामा एक अमेरिकी ठेकेदार मारिएका थिए । अमेरिकाले पश्चिमी इराकमा कट्टरपन्थी गुट हशख अल शाबीविरुद्ध जवाफी हमला गरेको थियो । जनवरी ३ मा बगदादमा अमेरिकी ड्रोन हमलामा जनरल कासिम सुलेमानी र हशद अल शाबीका सह–कमान्डर अबु महदी अल–मुशांदिसको मृत्यु भएको थियो । त्यसपछि इराकले तत्काल अमेरिकी सैनिकलाई आफ्नो देश फिर्ता हुन भनेको थियो । सुलेमानीको मृत्यु पछि नै पश्चिमी देशमा तैनाथ छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...