भारतीय राजनीति : आपराधिक पृष्ठभूमिका उम्मेदवारलाई टिकट दिने विषयमा भारतका प्रमुख दलहरुबीच नै प्रतिस्पर्धा
एजेन्सी । सन् २०१४ अप्रिल ७ मा भाजपाले तत्कालीन समय नजिकिँदै गरेको चुनावका लागि घोषणापत्र जारी गर्यो ।
भाजपाको घोषणापत्रमा एक प्रतिबद्धता थियो ‘हाम्रो पार्टी राजनीतिबाट अपराधीलाई बाहिष्कार गर्ने चुनावी सुधार गर्नको लागि कटिबद्ध छ ।’
तर सोही चुनावमा भाजपाले उठाएका १४० उम्मेदवारमाथि आपराधिक मुद्दा लागेका थियो । भाजपाले उक्त चुनावमा ४२६ सिटमा प्रतिस्पर्धा गरेकोमा उक्त संख्या कुल संख्याको ३३ प्रतिशत हुन आउँछ ।
ती १४० उम्मेदवारबाट ९८(७० प्रतिशत)ले चुनाव जिते ।
सन् २०१९को आम चुनावमा पनि भाजपाका कुल ४३३ उम्मेदवारमध्ये १७५ अर्थात ४० प्रतिशत उम्मेदवारको आपराधिक मुद्दा लागेको थियो । त्यसमध्ये ११६ अर्गात ३९ प्रतिशत जितेर आए ।
अर्कोतर्फ सन् २०१४ यता ३० राज्यमा विधानसभा चुनाव भइसक्यो । यी विधानसभा चुनावमा भाजपाले ३,४३६ उम्मेदवार उता-यो । तीमध्ये १ हजार ४ उम्मेदवार माथि अपराधिक मुद्दा थिए ।
चुनाव सुधारको कुरा गर्ने दल भाजपा मात्र होइन । भारतको अर्को राष्ट्रिय दल कंग्रेस र उनका नेता राहुुल गान्धी पनि आपराधीलाई राजनीतिबाट टाढा राख्ने कुरा गर्छन् ।
सन् २०१८मा पनि कर्नाटक चुनावको दौरान राहुलले अपराधिक चरित्रका उम्मेदवार उठाएको भन्दै मोदीको आलोचना गरेका थिए ।
तर कंग्रेस आफैले भने सन् २०१४ को चुनावमा ४६२ उम्मेदवारमध्ये १६४ आपराधिक पुष्ठभूमिका उम्मेदवार उठाएको थियो ।
भाजपा र कंग्रेस मात्र होइन भारतका अरु पार्टी पनि चुनावमा आपराधिक पृष्ठभूमिका उम्मेदवारलाई टिकट दिन्छन् र पछि राजनीतिलाई आपराधिकणबाट मुक्त गराउने कुरा गर्छन् ।
लोकसभा चुनावः आपराधिक पृष्ठभूमिका उम्मेदवार उठाउने क्रममा वृद्धि
सन् २०१४ मा सम्पन्न भारतको संसदीय चुनावमा कुल ५४५ सिटका लागि ८,१६३ उम्मेदवार उठेका थिए । यीमध्ये १,५८५ त ६ वटा राष्ट्रिय पार्टीका मात्र थिए ।
यी ६ राष्ट्रिय पार्टीमा भाजपा, कंग्रेस, बसपा (बहुजन समाज पार्टी), भारतीय कम्युनिष्ट पार्टी(भाकपा), मार्क्सवादी कम्युनिष्ट पार्टी(माकपा) र राष्ट्रवादी कांग्रेस पार्टी(राकांपा) छन् ।
यी चुनावमा उठेका १,३९८ अर्थात १७ प्रतिशत उम्मेदवारमाथि आपराधिक मुद्दा चलिरहेको थियो ।
जब मे २०१४ मा नतिजा आयो तब १८५ सांसद आपराधिक रेकर्ड भएका व्यक्ति चुनिएर लोकसभामा आए । त्यो कुल संख्याको अर्थात ३४ प्रतिशत ।
भाजपाका २८१ मध्ये ३५ प्रतिशत अर्थात ९८ सांसद अपराधि पृष्ठभूमिका थिए । कंग्रेसमा यस्तो संसद ४४ मा ८ थिए ।
सन् २०१९को आम चुनावमा उठेका कुल उम्मेदवारको संख्या २०१४ को तुलनामा घट्दा दोषी उम्मेदवारको संख्या भने बढेको छ ।
सन् २०१९मा कुल ७,९२८ उम्मेदवार मैदानमा थिए । यीमध्ये १९ प्रतिशत अर्थात १५ सय उम्मेदवार थिए ।
यो चुनावमा सबै ६ राष्ट्रिय पार्टीले १,३८४ उम्मेदवार उतारेका थिए । तीमध्ये ४,९६ माथि आपराधिक मुद्दा थियो । नतिजा आउदाँ २३३ अर्थात ४३ प्रतिशत आपराधिक पृष्ठभूमिका उम्मेदवार चुनेर लोकसभा आए ।
विधानसभा चुनावः १४७६ दोषी चुनिदाँ सिक्किममा एक जना आरोपी थिएनन्
पछिल्लो पाँच वर्षमा भारतका सबै ३० राज्यमा विधान सभा चुनाव भयो । भारतका सम्पूर्ण राज्यका विधानसभामा रहेका सिट जोड्दा ४,०३३ सिट हुन्छ ।
यी सिटका लागि भएको चुनावमा ३९,२१८ उम्मेदवार चुनावमा उठेका थिए । त्यसमध्ये ७,४८१ उम्मेदवारमाथि आपराधिक मुद्दा चलिरहेको थियो । यीनबाट १,४७६ अर्थात २० प्रतिशत उम्मेदवारले चुनाव जितेर विधानसभा पुगेका थिए ।
यही हिसाबबाट हरेक चारमध्ये एक विधायकमाथि आपराधिक मुद्दा दर्ता छन् । यदी ६ राष्ट्रिय पार्टीको तथ्यांक मात्र हेर्ने हो भने यिनले २,७६२ आपराधिक पृष्ठभूमिका उम्मेदवार उठाए । त्यसमध्ये ८४० अर्थात ३० प्रतिशत आरोपी थिए ।
विगत पाँच वर्षमा भारतका ३० राज्यमा भएको चुनावमा आपराधिक पृष्ठभूमिका उम्मेदवारको अवस्था
–दैनिक भाष्करबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे