नेकपाका शीर्ष नेता जिल्ला दौडाहामा : प्रम ओली झापामा, प्रचण्ड नेपालगञ्ज
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता जिल्ला दौडाहामा निस्केका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज गएका हुन् ।
प्रधानमन्त्री ओली आइतबार गृहनगर झापाको दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने ओलीको सचिवालयले जनाएको छ । दिनभर झापामा रहँदा ओली शिलन्यास र उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।
ओलीले आइतबार दमक–४ मा रहेको कृष्णमन्दिर– बेलडाँगी सडक उद्घाटन पुल उद्घाटन गर्नेछन् । आइतबारै उनले ईलाम र पाँचथर जोड्ने दमक चिसोपानी–रवि सडकको शिलन्यास र बेलडाँगीमा आयोजीत सभालाई सम्वोधन गर्नेछन् ।
दिनभरका कार्यक्रम सकेर उनी आइतबारै काठमाडौ फर्कने ओलीको सचिवालय सदस्य रामशरण बजगाईले जानकारी दिए । उता, अर्का अध्यक्ष प्रचण्ड नेपालगञ्जमा आयोजित सभामा सहभागी हुन बिहानै नेपालगञ्ज पुगेका छन् । प्रचण्डसँगै सचिवालय सदस्य रामबहादुर थापा पनि नेपालगञ्ज गएका छन् ।
नेकपाले पार्टीको विशेष अभियान अन्र्तगत फागुन महिनामा सातै प्रदेशमा प्रशिक्षण र भेला आयोजना गर्दैछ । ति भेला र प्रशिक्षणमा केन्द्रीय नेतृत्व सहभागी हुने नेकपाले जनाएको छ । त्यसका लागि सचिवालयका सवै सदस्य खटिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने