‘फेरि छोरी जन्मिइ’ त्यसकारण आमाले एक दिनकी शिशुको छातीमा हँसिया घोपेर गरिन् हत्या
भारतको मध्य प्रदेशमा एक दिनको नवजात शिशुको शरीरमा धारिलो हतियार प्रहार हुँदा मृत्यु भएको छ ।
पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले दिएको जानकारी अनुसार आरोपी मञ्जुले फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्कने बित्तिकै आफ्नी छोरीको छातीमा हँसिया प्रहार गरिन् । त्यसपछि पेट र गर्धनमा पनि हमला गरिन् । शिशु चिच्याएको सुनेर छिमेकी घटनास्थल पुगेपछि मात्रै उनले हमला गर्न रोकेको बताएको छ । मञ्जुले छोरा नजन्मिएका कारण यस्तो गरेको बताइन्छ ।
मञ्जुको परिवारले शिशुलाई जिउँदो देखेर उनलाई शाजापुर जिल्ला अस्पताल पुर्याए । सुरुवाती उपचारपछि डाक्टरले नवजातको इन्दौरको एमवाय अस्पताल पठायो । त्यहाँ जिन्दगी र मृत्युसँग जुधिरहेकी बालिकाको १४ फेब्रुअरीमा मृत्यु भयो ।
स्रोतका अनुसार शनिबार बिहान पुलिसले मञ्जू र उनका श्रीमानसमेत चार आफन्तलाई हिरासतमा लिएको थियो । थानाभित्र सोधपुछ गर्दा मञ्जु बेस्सरी रोइन् । छोरा नजन्मिँदा आफूले यस्तो गरेको उनले पुलिससमक्ष बयान दिइन् । मञ्जुकी पहिल्यै एक छोरी छिन् । त्यसपछि एकपटक गर्भपतन भएको बताइन्छ ।
मञ्जूले फेब्रुअरी १२ तारिखमा राती १२ः२५ मा अस्पतालमा बालिकालाई जन्म दिएकी थिइन् । रक्तश्राव भएका कारण डाक्टरले उनलाई शाजापुर रिफर गर्यो । फेब्रुअरी १४ बिहान १० बजे परिवारका सदस्यले अधुरो उपचार गरेर मञ्जुलाई त्यहाँबाट निकाले । त्यसपछि १३ फेब्रुअरी दिउँसो साढे ३ बजे अस्पताल फिर्ता भए । त्यतिबेला नवजात शिशु पूर्ण रुपमा घाइते थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो बिदाइ खेलमा मेस्सी र रोनाल्डोसँगै यी स्टार खेलाडीलाई खेलाउन चाहन्छन् कार्लोस टेभेज
-
अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा
-
श्रम शोषण भएको भन्दै आवासीय डाक्टरहरूको प्रदर्शन जारी
-
तस्बिरमा हेर्नुहोस् ‘नरसिंहा अवतार’ को गीत सार्वजनिक कार्यक्रम
-
बागमतीका मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा
-
‘चमेलीको पोइ’ को छायाङ्कन सुरु