बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

लेइपजिग शीर्ष स्थानमा उक्लियो

आइतबार, ०४ फागुन २०७६, ०९ : ४४
आइतबार, ०४ फागुन २०७६

आरबी लेइपजिग जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वेडर ब्रेमेनलाई ३–० गोलले हराउँदै लेइपजिग्ले शीर्ष स्थान कब्जा गरेकोे हो ।

घरेलु मैदानमा लेइपजिगलाई जिताउन लुकास क्लोस्टरम्यानले १७ औँ, प्यााट्रिक स्किचले ३९ औँ र नोर्डी मकिलेले ४६ औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै लेइपिजिजले २२ खेलबाट ४५ अङ्क बनाएको छ । लेइपजिग दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा दुई अंकले माथि छ । एक खेल कम खेलेको बायर्नको ४३ अंक छ ।

लेइपजिगसँग हारेको वेडर ब्रेमेनको १७ अंक छ । वेडर ब्रेमेनले रेलिगेसन जोगाउन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप