एक किलो प्याजको ३०० रुपैयाँ
आइतबार, ०४ फागुन २०७६, ०९ : २३
सडक यातायात नजोडिएको हुम्लामा प्याजको मूल्य प्रतिकिलो ३०० रुपैयाँ पर्ने गरेको छ । हिउँदमा जिल्लामा प्याज उत्पादन नहुने र नेपालगन्ज तथा सुर्खेतबाट महँगो हवाइ ढुवानी भएर आउने भएपछि प्याजको मूल्य आकाशिएको खबर गोरखापत्र दैनिकमा छापिएको छ।
सीमकोट बजारमा प्याज प्रतिकिलो तीन सय रुपैयाँ तिरेर उपभोग गर्नु परिरहेको सीमकोट बजारकी गृहिणी मधु बस्नेतले बताइन् ।