आठ गोलको थ्रिलरमा पीएसजी एमिन्ससँग बराबरीमा रोकियो

फ्रेन्च महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा रेलिगेसनको सङ्र्घमा रहेको एमिन्ससँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजीले एमिन्ससँग ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
स्टार खेलाडी केलियन एमबाप्पे र नेयमारबिनै खेलेको पीएसजीविरुद्ध घरेलु टोली एमिन्सले सानदार प्रदर्शन गरेको थियो ।
खेलमा सुरुवाती अग्रता एमिन्सले लिएको थियो । सेहरो गुरासीले पाँचौ मिनेटमा एमिन्सलाई अग्रता दिलाए । २९ औँ मिनेटमा गेल काकुटाले गोलगर्दै एमिन्सको अग्रता दोब्बर बनाए । ४० औँ मिनेटमा फौसिनी डायबेटले मिनेटमा गोल गर्दै एमिन्सलाई बलियो बनाए । त्यसपछि पीएसजीले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल फर्कायो । पीएसजीका एन्ड्रे हेरेराले गोल गरे । नियान्जो कोवासीले ६० औँ र ६५ औँ मिनेटमा गोलगर्दै खेललाई बराबरीमा ल्याए । मोउरो ईकार्डीले ७४ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अगाडी बढाए ।
खेलको अन्तिम मिनेटमा एमिन्सका सेहरो गुरासीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २५ खेलबाट ६२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेको ४९ अंक छ । पीएसजीसँग एक अंक बाँडेको एमिन्सको २१ अंक छ । एमिन्स रेलिगेसनको चपेटामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान