बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी युवा जसको कारण सिटीले प्रतिबन्ध खेप्नुप-यो

आइतबार, ०४ फागुन २०७६, ०८ : ०८
आइतबार, ०४ फागुन २०७६

इङ्ग्लिस प्रिमियर लिगको महारथी म्यान्चेस्टर सिटीले आर्थिक पारदर्शीताको नियम उल्लङ्घन गरेको आरोपमा च्याम्पियन्स लिग प्रतियोगिताबाट २ वर्षको प्रतिबन्ध र आर्थिक जरिवानाको कारवाही भोग्नु पर्ने भएको छ । सिटीको आर्थिक अनियमितताको खुलासा कुनै खोज पत्रकार वा प्रहरीले भने गरेका होइनन् । यसलाई उजागर गर्ने एक युवा हुन् जसले आफ्नो घरमै बसेर यो उपलब्धि हासिल गर्न सफल भए ।

रुई पिन्टो पोर्चुगलका ह्याकर हुन् जसले आफ्नो घरमा बसेर छद्म नाम प्रयोग गरेर काम गर्ने गर्थे । उनले क्लबको इमेलमा पहुँच पाएपछि त्यसलाई मिडियासँग साझा गरे । त्यसबाट भएको सनसनीपूर्ण खुलासाले फुटबल जगतमा नै हलचल मच्चाएको छ ।

क्लबका शीर्ष अधिकारीहरुले पठाएको ७ करोड दस्तावेजलाई पिन्टोले तीन वर्ष लगाएर जर्मन पत्रिका डेर स्पेगललाई पठाएका थिए ।

उनी त्यतिबेला हङ्गेरीमा बस्न थालिसकेका थिए । तर, प्रहरीले उनलाई खोजेर पक्राउ ग¥यो ।

‘फुटबल लिक स्कान्डल’ ले यति बेला ३१ वर्षीय पिन्टोलाई जेल पु-याएको छ । उनीमाथि लागेको मुद्दाको सुनुवाइ चलिरहेको छ । गत बिहीबार मात्र उनको याचिका खारेज गर्दै उनीमाथि ९० वटा विभिन्न मुद्दामा सुनुवाइ शुरु गरिएको थियो ।

पिन्टोमाथि जालसाजी र ह्याकिङको आरोप छ । उनी गत मार्चदेखि जेलमा रहेका छन् । उनको मुद्दा लिजबन अदालतमा भइरहेको छ ।

तर, उनकै खुलासाले युरोपियन फुटबलको नियामक निकायले सिटीमाथि प्रतिबन्धका साथै २.५ करोड पाउन्ड प्रतिबन्ध लगाउन बाध्य बन्यो ।

सिटीमाथि प्रतिबन्धको समाचारसँगै सामाजिक सञ्जालमा पिन्टोलाई रिहा गर्न माग शुरु भएको छ । #freepinto ट्वीटरमा ट्रेन्डिङ भएको थियो ।

फुटबल लिक्स सन् २०१५ मा सुरु भएको थियो । यसले ठूला क्लब र खेलाडीहरुको कर छलीदेखि फाइनान्सीयल फेयर प्ले उल्लंघन गरेको कुराको खुलासा गरेको छ ।

जोनको छद्म नामबाट काम गर्ने पिन्टोले ७ ३.४ टेराबाइटको ७ करोड दस्तावेज फेला पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप