बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बार्साले रियललाई भेट्टायो

आइतबार, ०४ फागुन २०७६, ०७ : ५१
आइतबार, ०४ फागुन २०७६

साविक विजेता बार्सिलोनाले स्पेनिल ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक बराबरी गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोलले हरायो । बार्सिलोनाको जितमा एन्टोइन ग्रीजम्यान र सर्जी रोबर्टोले गोल गरे । गेटाफेका एन्जल रोड्रिग्वेजले एक गोल फर्काएका थिए ।

ग्रीजम्यानले ३३औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३९औं मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । ६६औं मिनेटमा रोड्रिग्वेजले जेमी माटाको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ७२औं मिनेटमा रोड्रिग्वेजको सशक्त प्रहार बार्सिलोनाका टेर स्टेगनले बचाएपछि गेटाफे बराबरी गर्नबाट चुकेको थियो ।

जितसँगै बार्सिलोनाले २४ खेलबाट ५२ अंक बनाएको छ । रियलको पनि ५२ अंक छ । यद्यपी रियलले एक खेल कम खेलेको छ । ४२ अंक बनाएको गेटाफे तेस्रो स्थानमा छ । शनिबार राति भएको अन्य खेलमा ग्रानाडाले रियल भालाडोलिडलाई २–१, भिल्लारियलले लिभान्तेलाई २–१ र मालोर्काले भिर्पोटिभोअलाभेसलाई १–० गोलले हरायो । भ्यालेन्सिया र एट्लेटिको म्याड्रिडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप