२० वर्षीया युवतीले लगाइन् पुलिस अधिकारीमाथि सामूहिक बलात्कारको आरोप
भारतको गोखरपुरमा २० वर्षीया एक युवतीले दुई पुलिस अधिकारीमाथि आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार र कुटपिट गरेको आरोप लगाएकी छिन् ।
पुलिसले घटना दर्ता गरेको छ तर पुलिसका अनुसार पहिलो पटक यो घटना ‘नक्कली’ लागिरहेको छ । पीडित महिला अहिले गोरखपुरको एक अस्पतालमा उपचार चलिरहेको छ ।
गोरखनाथ इलाकामा बस्ने २० वर्षीया यी युवती बिहिबार राती घर फर्किरहेको बताइन्छ । त्यति नै बेला दुई पुलिस अधिकारीले उनलाई जबर्जस्ती मोटरसाइकल पछाडि राखेर एक होटलमा पुर्याएको र एउटा भवनमा लगेर पालैपालो बलात्कार गरेको जानकारीमा उल्लेख छ ।
अबेर राती घर पुगेकी युवतीले शुक्रबार बिहान आमालाई यसबारे जानकारी दिइन् । त्यसपछि युवतीकी आमाले उनलाई अस्पताल भर्ना गरिन् जहाँ उनको उपचार चलिरहेको छ ।
अस्पतालमा भर्ना भएकी युवतीले मिडियालाई भनिन्, ‘राती करिब ९ बजे म घर फर्किरहेकी थिएँ । मलाई दुई व्यक्तिले जबर्जस्ती बाइकमा राखे । दुबैजना पुलिसको पोसाकमै थिए । मलाई धम्काउँदै रेलवे स्टेशन नजिकैको एक भवनमा पुर्याए र ममाथि बलात्कार गरे । ती दुईले ममाथि असाध्यै कुटपिट पनि गरे त्यसपछि ६ सय रुपैयाँ दिएर अटो चढेर घर जान भने ।’
यद्यपि, गोरखपुर पुलिसले यो घटनालाई ठाडै अस्विकार गरेको छ ।
गोरखपुरका वरिष्ठ पुलिस अधिकारी डाक्टर सुनिल गुप्ताले बीबीसीसँगको कुराकानीमा भने, ‘होटलको सिसिटीभी फुटेज र गार्डको बयानको आधारमा यस्तो लाग्छ कि ती युवती आफ्नो मर्जीले होटल गएकी थिइन् । जुन व्यक्तिसँग उनी गएकी थिइन्, ती एक्ला व्यक्ति थिए र उनले पुलिसको युनिफर्मसमेत लगाएका थिएनन् । त्यसकारण सरसर्ती हेर्दा घटनामा शंका गर्नुपर्ने स्थिती छ तरपछि पुलिसले मुद्दा दर्ता गरेको छ र कारवाही गरिँदै छ ।’
एसएसपीले होटलको सिसिटीभी फुटेजको आधारमा घटना नक्कली जस्तो लागेको बताए पनि युवतीले आफ्नो बयानमा कुनै होटलको कुरा गरेकी छैनन् । पीडितका अनुसार उनलाई पुलिसले कुनै घरमा लगेको र ती पुलिसलाई अगाडि देखे चिन्ने समेत बताएकी छिन् ।
पिडित युवती भन्छिन्, ‘पुलिस अधिकारीले मलाई त्यो रात करिब १ बजे छोडेका थिए र म निकै गाह्रो गरी अटोमार्फत् घर पुगेँ ।’
ती युवती गोरखनाथ इलाकामै बस्छिन् र आफ्नो घरमा बच्चाहरुलाई ट्युसन पढाउँछिन् ।
युवतीकी आमाले भनिन्, ‘राती उनले हामीलाई केही पनि भनिनन् तर जब उनको स्वास्थ्य खराब हुनथाल्यो तब मात्रै उनले यसबारे जानकारी दिएकी हुन् । उनी पीडाका कारण रातभरी रोइरहिन् । त्यसपछि हामीले उनलाई अस्पताल पुर्यायौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा