शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालीगण्डकी नदीले बगाएका ९ वर्षीय बालकको उद्धार

शनिबार, ०३ फागुन २०७६, २३ : ३०
शनिबार, ०३ फागुन २०७६

कालीगण्डकी नदीले बगाएका एक नौ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई आज दिउँसो कालीगण्डकी नदीले बगाएको थियो ।  

    कालीगण्डकी नदीले बगाएर झण्डै १०० मिटर तल पु¥याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नदीले बगाएका बालकको हात खुट्टामा चोटपटक लागेको छ । घाइते शिशिरको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । महोत्सवस्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप