बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल एक आपसमा ठोक्किँदा १ को मृत्यु

शनिबार, ०३ फागुन २०७६, २१ : १९
शनिबार, ०३ फागुन २०७६

धनुषाको हंसपुर नगरपालिकामा बिपरित दिशा तर्फबाट आईरहेको दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको छ ।

हंसपुर नगरपालिका वडा नम्बर ९ स्थित मोरहा रुदौलीमा रहेको हनुमान मन्दिर नजिक पूर्वबाट पश्चिम जाँदै गरेको ज ११ प ६३९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज १० प २९७७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा हंसपुर नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षिय नविन रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका रायको उपचारको क्रममा बाटोमै ज्यान गएको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

दुर्घटनामा परि सोनिगामाका बस्ने २५ वर्षिय संजय मुखिया र औरही गाउँपालिका नम्बर १ बस्ने  २७ वर्षिय ईन्द्र मण्डल गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप