शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दुक बोकेर डोजरसहित सुकुम्बासी बस्ती भत्काउन पुगेपछि..‍.

शनिबार, ०३ फागुन २०७६, १९ : ५५
शनिबार, ०३ फागुन २०७६

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–५ जिवास्थित सुकुम्बासी बस्ती भत्काउन एक व्यक्ति स्काभेटर (डोजर) सहित शनिबार पुगेपछि तनाव भएको छ । 

मिर्चैया नगरपालिका– ५ का वीरेन्द्र साह गुण्डागर्दी शैलीमा दलबलसहित डोजर लगाएर बस्ती भत्काउने उद्देश्यले दुईनाले बन्दुक भिरेर त्यहाँ पुगेको स्थानीयले बताएका छन् । बस्तीका अगुवाहरुको घर कुन हो भन्दै एकाबिहानै पुगेका साहलाई देखेपछि स्थानीयले विरोध गर्दै प्रहरीलाई खबर गरेका थिए । 

 ‘भूमाफिया’  भन्दै स्थानीय  साहमाथि जाइलागेपछि उनी प्रहरीको सहयोगमा फर्केका थिए । उक्त बस्तीमा दलित समूदायका पासवान, मुसहरलगायतका ३८ घरपरिवार बस्दै आएका छन् । स्थानीय दलित समूदायले आफूहरुलाई आतंकित बनाउँदै  बस्ती भत्काउन आएको भन्दै साहमाथि कारबाहीको माग गरेका छन् ।

उनीहरुले आफूहरु साहको जमिनमा नभइ सडक किनारमा पुस्तौंदेखि बस्दै आएको बताएका छन् ।  साह दुईनाले बन्दुकसहित पुगेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तु जैसवालले झडप हुनसक्ने भन्दै प्रहरी पठाएका थिए ।

अमिन ल्याएर र प्रक्रिया पु-याएर मात्र जग्गा खाली गराउने भन्ने सहमति भएपछि घर नभत्काएको डिएसपी जैसवालले बताए । साहले माओवादी आन्दोलन उत्कर्षमा पुगेका बेला शोभा शाह र मोहन शाहीको नाममा रहेको जमिन खरिद गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप