बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् ‘ए’ डिभिजन लिगमा उत्कृष्ट खेलाडी, कसले कति रकम पाए ?

शनिबार, ०३ फागुन २०७६, १८ : ०४
शनिबार, ०३ फागुन २०७६

 काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र क्लब च्याम्पियन बनेको छ । दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा  त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो । मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको हो ।

मच्छिन्द्रले आर्मीका विकास तामाङको आत्मघाती गोलमा सहयोगमा उपाधि जित्यो । बराबरी गरे पुग्ने अन्तिम खेलमा आर्मीले खासै खेल्न सकेन । ३३औं मिनेटमा मच्छिन्द्रका रन्जित धिमालले फ्रिकिकमा बल बचाउने क्रममा विकासको प्रहार आफ्नै पोस्टमा छिरेको थियो । सोही बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल सात मिनेट रोकिएको थियो । घाइते भएर नसक्ने भएपछि विकेशलाई सिधै अस्पताल लगिएको थियो ।

उपाधिसँगै मच्छिन्द्रले ५० लाख रुपैयाँ पायो । उपविजेता आर्मीले ३५ लाख रुपैयाँमा चित्त बुझायो । तेस्रो मनाएको मनाङले २५ लाख रुपैयाँ प्राप्त ग¥यो । मंसिर २८ गतेदेखि सञ्चालित लिगमा १४ टोलीले भाग लिएका थिए । सरस्वती रेलिगेसनमा प¥यो । विजेतालाई उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

लिगका उत्कृष्ट खेलाडीहरु

गोलरक्षक – दिप कार्की मनाङ एक लाख ५० हजार रुपैयाँ

रक्षक – अनन्त तामाङ थ्री स्टार १ एक लाख ५० हजार रुपैयाँ

मिडफिल्डर– विशाल राई ‘बी’ मछिन्द्र एक लाख ५० हजार रुपैयाँ

स्ट्राइकर – भरत खवास आर्मी एक लाख ५० हजार रुपैयाँ

प्रशिक्षक – प्रवेश कटुवाल मछिन्द्र  एक लाख ५० हजार रुपैयाँ

फेयर प्ले टिम– थ्रीस्टार क्लब एक लाख रुपैयाँ

युवा खेलाडी – दर्शन गुरुङ एनआरटी एक लाख रुपैयाँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप