शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रीलाई कालोमोसो दल्न पुगेका करिब दर्जन युवा गिरफ्तार

शनिबार, ०३ फागुन २०७६, १३ : ५१
शनिबार, ०३ फागुन २०७६

जनकपुर । प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर साहलाई कालोमोसो दल्न पुगेका करिब एक दर्जन राजपा नेपाल समर्थित युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी हेप्थ केयर एण्ड टिचिङ अस्पतालमा एक कार्यक्रममा सहभागि हुन पुगेका मन्त्री साहलाई उनकै कार्यकर्ताहरुले कालो झण्डा र कालोमोसो दल्ने कार्यक्रम गर्ने योजना प्रहरीले जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको हो । 

राजपा धनुषाका जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानु र मन्त्री साह बिच शुक्रवार साँझ भएको विवादपछि अवस्था तनावग्रस्त बनेको थियो । 

ज्ञानेन्द्र झाले मन्त्री साहले आफूलाई औकातमा ल्याइदिने भन्दै दुव्र्यवहार गरेको आरोप लगाउँदै मन्त्री साहलाई कालोमोसो दल्ने उद्घोष नै गरेको थियो ।

पक्राउ गरिएका युवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप