शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पादकहरुलाई ओलीको प्रश्न : सरकारले गरेको काममा किन नियत हेरिन्छ ?

शनिबार, ०३ फागुन २०७६, १२ : ५०
शनिबार, ०३ फागुन २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली फेरि सम्पादकहरुमाथि खनिएका छन् । यसअघि सम्पादकहरुको मुटु नभएको टिप्पणी गरेका ओलीले फेरि आफू नेतृत्वको सरकारले गरेको काम र अभियानमा नियत हेर्ने गरिएको भन्दै आक्रोश व्यक्त गरे । 

शनिबार संसदलाई सम्बोधन गर्दै ओलीले भने–केही दिनअघि केही सम्पादकहरुले मलाई प्रश्न गर्नुभयो–हामी त चौथो अंग हौँ, हामी क्रिटिकल हुन्छौँ । सरकारको हामी खबरदारी गर्छौँ । हाम्रो खबरदारीमा नियत किन हेरिन्छ ?’ ओलीले थपे, ‘अवश्य पनि हेरिन्न । त्यत्तिकै नियतमा किन शंका गर्ने ? चौथो अंग क्रिटिकल हुन पाउँछ । तथ्यमा आधारित सक्दो क्रिटिकल होस् । भनिन्छ नि लेखाइको लाइन स्पष्ट भए लाइन–लाइन पढिँदैन । ’

आफ्नो पनि केही सरोकार र प्रश्नहरु रहेको उल्लेख गर्दै ओलीले भने, ‘मेरो नेतृत्वको सरकारले गरेको काम र गर्न लागेको राष्ट्रिय अभियानमाचाहिँ किन नियत हेरिन्छ ? के यो वैचाररिक पूर्वाग्रहका कारणलले हो ? त्यस्तो हुनु बााञ्छनीय हुँदैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप