बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइन्स डेमा होटलमा छापा, २ दर्जन बढी अविवाहित जोडी पक्राउ

शनिबार, ०३ फागुन २०७६, १२ : ३०
शनिबार, ०३ फागुन २०७६

१४ फेब्रुअरीमा संसारभरीका विभिन्न देशका युवापुस्ताले भ्यालेन्टाइन्स डे मनाए । तर, तीमध्ये थुप्रै मानिस यस्ता पनि थिए जसले प्रेम गरेका कारण पुलिस कारवाहीको सामना गर्नुपर्‍यो ।

मुस्लिम बहुल देश इन्डोनेशियाका केही हिस्सामा पुलिसले होटलमा छापा मारेका छन् जसमा दुई दर्जन बढी अविवाहित जोडीलाई पक्राउ गरिएको छ ।

डेली मेलको रिपोर्ट अनुसार इन्डोनेशियामा खुल्ला रुपमा प्रेम गर्न प्रतिबन्ध छ र यसलाई देशको संस्कृति र नैतिकताविरुद्ध मानिन्छ । इन्डोनेशियाको मकस्सर र डेपोकमा आधिकारीले मानिसहरुलाई सार्वजनिक रुपमा प्रेम व्यक्त नगर्न चेतावनी पनि दिएको थियो ।

मकस्सरमा पुलिसले होटलमा छापामारी गर्दै कोठामा भएका अविवाहित जोडीलाई पक्राउ गरे । यीमध्ये एक जर्मनी व्यक्ति पनि समावेश थिए ।

‘हामीले एक जर्मनी नागरिकलाई उनकी इन्डोनेशियाली पार्टनरसँग मोटलमा भेट्यौं । उनीहरु श्रीमान् श्रीमती थिएनन् त्यसकारण पक्राउ गर्‍यौं,’ स्थानीय सार्वजनिक आदेश कार्यालयका प्रमुख इमान हुडले बताए ।

पछि पुलिसले पक्राउ गरिएका जोडीलाई ‘विवाह अघिको यौनसम्पर्कले निम्त्याउने हानी’ बारे लेक्चर दिएर छोडिदिएको बताइएको छ । तर पक्राउ परेका पाँच यौनकर्मीलाई पुनर्स्थापना केन्द्र पठाइने निर्णय गरिएको छ ।

‘यस्ता सामाजिक कुरितीलाई हटाउनुपर्छ । हामीले सर्वसाधारणलाई आफ्नो नैतिक मूल्य मान्यताबारे याद दिलाइराख्नुपर्छ,’ हुडले भने ।

मकस्सरमा कण्डमको बिक्रीमा पनि विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको छ । कण्डम खरिद गर्नेहरुको उमेर पुगेको हुनुपर्छ । स्थानीय अधिकारीका अनुसार कण्डम विवाहित वयस्कका लागि मात्रै हो ।

मकस्सर अधिकारीले कतै पसलमा खुल्ला रुपमा कण्डम बेचिएको त छैन भनेर निगरानीसमेत गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप