शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको कामले जनतामा 'इम्प्रेसन' बढाएको छ : प्रधानमन्त्री ओली

शनिबार, ०३ फागुन २०७६, १२ : ०७
शनिबार, ०३ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्र्षे काम कारबाहीबाट जनतामा इम्प्रेशन आएको बताएको छन् । शनिबार संसदको प्रतिनिधि सभामा सरकारको काम कारबाहीबारे जानकारी दिँदै उनले भने, ‘ पहिले सरकारका उद्देश्यबारे चर्चा गर्दा गफ गरेर हुन्छ । गर्छु भनेर हुन्छ ।  काम गरेको देखिनु पर्यो । यो काम गरेर भनेर आउनु पर्यो । तथ्य आकँडा प्रस्तुत हुनु पर्यो भनेको सुन्थ्येँ ।’

अहिले परिवेश अलि बदलिएको देखिए उनले बतथाए । ‘यहाँ अहिले परिवेश अलि बदलिएको देखिएको छ । यो एक वर्षदेखि एउटा थेगो जस्तै अंक, आकँडा हुन्छ । गोलोबल इन्डेक्सबाट हुन्छ । जनतामा इम्प्रेसन के छ ?’ प्रधानमन्त्री ओलीले भने, ‘भन्ने स्ता कुराहरु सुनिन थालेको छन् । यस्ता तर्क सुन्दा बेलाबेलामा म विस्मित हुने गर्छु ।  भनौँ कि जस्तो लाग्छ । अंकमा होइन अनुभूति नै सही छ । इन्डेक्स होइन, इम्प्रेसन कै कुरा सही छ ।’

विगत दुई वर्षयता सितलहर र जाडोले कसैले ज्यान गुमानु नपरेको प्रधानमन्त्रीको दाबी छ । उनले भने, ‘यो अंक मात्र होइन, अनभूति मात्र हो । भरखरै सम्पन्न राष्ट्रिय सभा निर्वाचनले जनतामा के अनभूति छ, भन्ने कुरा बताएको छ । कसैले भन्नु होला यो त पुरानै आधारमा खडा भएको परिणाम हो । त्यसै ठान्ने हो भने पनि गएको उपनिर्वाचनमा केही स्थानमा सरकार पक्षधरहरुले हारे पनि समग्रमा सिटको संख्या वा मतको संख्यामा पनि सरकारको पक्षमा बढी आएको छ । त्यसले अवश्य इम्प्रेसन देखाएको छ भन्ने मलाई लाग्छ । या जनतामा इम्प्रेसन कै कुरा हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप