शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका १० प्रमुख मुलुकहरुको पंक्तिमा नेपालः प्रधानमन्त्री

शनिबार, ०३ फागुन २०७६, ११ : ४८
शनिबार, ०३ फागुन २०७६

काठमाडौँ । नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका १० प्रमुख मुलुकहरुको पंक्तिमा समावेश प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ‘नेपाल अलि गरिब छ, अलि पछाडि छ, त्यसकारण त्यस्तो लाग्दैन’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर पछाडि छ र पनि यो १० वटा तीब्र आर्थिक विकास गरिरहेका देशहरु मध्ये परेको छ र यसले विकास गर्न सक्छ । 

प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनापछिको १ दशकसम्म आर्थिक वृद्धिद्धर ४ प्रतिशतमा सीमित रहेकोमा पछिल्लो तीन वर्षयता आर्थिक बृद्धिदर ६.५ प्रतिशत भन्दा माथि रहेको उल्लेख गर्दै बिगत तीन वर्षदेखि प्रदेशको आर्थिक बृद्धिदर पनि ६ प्रतिशत भन्दा न्यून नभएको बताए । 

यस्तै प्रतिव्यक्ति आय १८ प्रतिशतभन्दा माथि रहेको पनि ओलीले बताए ।  आर्थिक बृद्धिदरमा आएको सुधारसँगै १.५ बिन्दुले गरिबी घटेको उल्लेख गर्दै ओलीले अब सरकार गरिबी निवारणमात्रै होइन उन्मुलन नै गर्नेगरी अघि बढेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप