शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छात्रालाई यौनहिंसा गरेको अभियोगमा विद्यालय सञ्चालक पक्राउ

शनिबार, ०३ फागुन २०७६, ११ : ११
शनिबार, ०३ फागुन २०७६

पोखरामा यौनहिंसा गरेको अभियोगमा विद्यालय सञ्चालक पक्राउ परेका छन् । पोखरा–११ फूलबारीस्थित भास्कर मेमोरियल स्कुलका सञ्चालक विश्व बास्तोला आफ्नै विद्यालयकी एक छात्रालाई यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका हुन् । 

बास्तोलालाई हिजो दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । उनका अनुसार छात्राकी अभिभावकको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो । 

उनलाई पक्राउ गरेर कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइएको डिएसपी केसीले जानकारी दिए । 

यसअघि, अमरसिंह माविका शिक्षक उदय पोखरेल पनि आफ्नै विद्यालयकी छात्रालाई यौन हिंसा गरेको अभियोगमा पक्राउ परेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप