शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधिको छिनोफानो आज

शनिबार, ०३ फागुन २०७६, १० : ०२
शनिबार, ०३ फागुन २०७६

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको समापन आज (शनिबार) हुँदैछ । लिगको अन्तिम खेल तथा उपाधि भिडन्तका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । लिगको अन्तिम खेल फाइनल सरह बनेको छ । 

दिउँसो १ः०० बजे हुने खेलमा आर्मीको लक्ष्य पहिलो पटक उपाधि चुम्नु रहेको छ । स्टार खेलाडीको साथ पाएको मच्छिन्द्र पनि कुनै हालतमा आर्मीलाई हराउले लक्ष्यमा छ । नयाँ च्याम्पियन बन्न सक्दो प्रयास गर्ने दुवै टोलीले दावी गरेका छन् ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले यसपटक आर्मीले उपाधि जितेर छाड्दे बताए । ‘अन्तिम खेल टप हुनेछ । हामीले धेरै मिहेनत गरेका छौं । मैदानमा खेलाडील शतप्रतिशत दिनेमा विश्वस्त छु । अहिलेसम्म लिग नजितेको आर्मीलाई यसप पटक राम्रो अवसर छ । आक्रामक खेल खेल्दै जित निकाल्नेछौं,’ नविनले भने । उपाधि जित्न आर्मीलाई बराबरी प्रयाप्त छ । मच्छिन्द्रका लागि जित्नै पर्ने दबाब छ ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पनि आर्मीसँग जितकै लागि लड्ने बताए । ‘हामीले उपाधि जित्ने गरी टिम सेट र तयारी गरेका हौं । उपाधिको नजिक आइपुगेका छौं । अन्तिम खेल प्रतिस्प्रधात्मक हुनेछ । हामी पाएको मौका छाड्ने छैनौं । मच्छिन्द्रको एउटै लक्ष्य उपाधि हो,’ प्रवेशले भने । १२औं चरणको खेलसँगै आर्मी २९ अंकका साथ शीर्ष स्थानमा छ । एक अंकले पछि परको मच्छिन्द्र २८ अंक सहित दोस्रो स्थानमा छ । अन्य स्थान र रेलिगेसनको टुङ्गो लागि सकेको छ । सरस्वती दुई खेल अगावै रेलिगेसनमा परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप