लेस्टर र वल्भ्सको बराबरी

लेस्टर सिटी र वल्भ्सले इङ्लिस प्रिमियर लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सुक्रबार राति भएको खेलमा लेस्टर वल्भ्ससँग उसैको मैदानमा बराबरीमा रोकिएको हो । लेस्टर १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीले लेस्टरको दोस्रो स्थानमा उक्लने मौका गुमेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर गुमाएका थिए । लेस्टरले बल पोसेसनमा पकट जमाएपनि गोल गर्न सकेन । ६०औं मिनेटमा लेस्टरले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले दिएनन् ।
त्यसपछि ७६औं मिनेटमा लेस्टर १० खेलाडीमा समेटिएको थियो । लेस्टरका हम्जा चौधुरीले ह्यान्ड गरेपछि दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । जसको फाइदा वल्भ्सले उठाउन सकेन । बराबरीसँगै तेस्रो स्थानमा रहेको लेस्टरले २६ खेलबाट ५० अंक बनाएको छ । ३६ अंक बनाएको वल्भ्स सातौं स्थानमा छ ।
शीर्ष स्थानमा रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश