शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३५ वर्षे पोषण विशेषज्ञको दाबी, ‘एक वर्षदेखि पानी पिएकी छैन, पहिलाभन्दा स्वस्थ छु’

शनिबार, ०३ फागुन २०७६, ०९ : १६
शनिबार, ०३ फागुन २०७६

इन्डोनेशियाको बालीमा बस्ने एक पोषण विशेषज्ञले आफूले पछिल्लो एक वर्षदेखि पानी नपिएको दाबी गरेकी छिन् । यसले उनको स्वास्थ्यमा निकै सुधार आएको पनि बताएकी छिन् ।

३५ वर्षकी सोफी पार्तिकका अनुसार उनी अनुहार सुन्निने, फूड एलर्जी, रुखो छाला र पाचन क्रियाजस्तो समस्याबाट ग्रसित थिइन् । निकै उपचार गराएपछि पनि उनको स्वास्थ्यमा सुधार हुन सकेन ।

उनका अनुुसार उनकी एक साथीले उनलाई ड्राइ फास्टिङ गर्न सुझाइन् । यसले उनलाई निकै राहत प्रदान गरेको जानकारी दिइन् । यद्यपि, आफूले फलफूलको रस र फलफूल भने खाएको बताइन् ।

ड्राइ फास्टिङ अर्थात् पानी बिना नै बस्नु । यसबारे सोफीले भनिन्, ‘म आफ्नो साथीको सल्लाहमा काम गरिरहेको छु । साथीले मलाई जब प्यास लाग्छ तब त्यसको साटो जुस वा फलफूल सेवन गर भनेकी छिन् ।’

अहिलेसम्म सोफीले ५२ घण्टासम्म पानी नपिइ बसेकी छिन् । उनी १० दिनसम्म पानी नपिइकनै बस्न चाहन्छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Das reine Kokoswasser stammt aus den jungen, noch grünen Kokosnüssen und ist reich an Elektrolyten, Kalium und Antioxidantien. Diese Inhaltsstoffe sind richtig gut für den menschlichen Körper und somit stellt Kokoswasser herkömmliche Sportgetränke und ‚normales’ Wasser den Schatten. Für diejenigen unter euch, die mit Akne oder anderen Hautunreinheiten zu kämpfen haben: Ihr solltet die Eigenschaften der tropischen Frucht nutzen. Als Gesichtswasser klärt Kokoswasser die Haut und versorgt sie zusätzlich mit Feuchtigkeit. Egal, ob du das Kokoswasser trinkst oder äußerlich anwendest dein Darm & deine Haut werden es dir danken. •••• Despite its recent explosion in popularity, coconut water has been consumed for centuries in tropical regions around the world. In traditional Ayurvedic medicine, coconut water is believed to help digestion, urination, and even semen production. It has also traditionally been used to treat dehydration and given as ceremonial gifts throughout the tropics. Coconut water is extremely hydrating and remineralizing for skin and colon. Coconut water is a natural acid sterile solution, rich in essential aminoacids, sugars, vitamins, minerals and salts. #dryfasting#hydration#healthylifestyle#healthyliving#livingwater#veganfit#veganfitgirl#balilife#coconutwater#weightlossjourney#weightlosstransformation#healthyeating#rawveganlife

A post shared by SOPHIE PRANA (@pimpyourprana) on

ड्राइ फास्टिङले समस्या कम गर्‍योः

सोफीलाई विश्वास गर्ने हो भने पानी बिना कोही पनि बाँच्न सक्दैन भन्ने कुरा मानिसहरुको दिमागमा रोपिएको एउटा भ्रम मात्रै हो । उनले भनिन्, ‘हामीले इच्छामाथि नियन्त्रण पाउनका लागि आफूमाथि संयमता अपनाउन आवश्यक छ । खानपिनबाहेक मसँग त्यस्ता धेरै कुरा छन् जसबारे म सोच्नसक्छु । यसरी नै मैले ड्राई फास्टिङ गरेँ । मलाई याद छ जब अनुहार सुन्निएपछि म डाक्टरलाई देखाउन जान्थे तब उनीहरुले मलाई प्लास्टिक सर्जरी गर्न सल्लाह दिन्थे । तर म यस्तो गर्न चाहँदैनथेँ । अब म यसबारे थप अनुसन्धान गर्न चाहन्छु ।’

आफूसहित परिवारलाई पनि तयार गराउनुपर्छः

सोफीका अनुसार जब कसैले ड्राई फास्टिङ गर्छ तब उसलाई थाहा हुन्छ कि शरीरलाई पानीको आवश्यकता पर्दैन । यद्यपि, ड्राई फास्टिङका लागि आफ्नो शरीरको साथै परिवारलाई पनि तयार पानुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘मेरो परिवारले अहिलेसम्म भन्ने गर्छन् कि म पानी बिना कसरी जिउँदो छु । तर यो साँचो हो कि यसले मलाई पहिलेको भन्दा स्वस्थ बनाएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप