शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम अस्वीकार गरेपछि महिला प्रहरीको राइफलले आफैलाई हाने गोली

शनिबार, ०३ फागुन २०७६, ०९ : १०
शनिबार, ०३ फागुन २०७६

प्रेम दिवसमा आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार भएपछि सिभिल ड्रेसमा रहेका प्रहरी जहानले शुक्रबार बिहान ड्युटीमा रहेकी महिला प्रहरीको थ्रीनटथ्री राइफलले आफैलाई गोली हानेर आत्महत्या प्रयास गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राइफल तानी आफैलाई गोली हानेका हुन् । 

बन्दुकको गोली पेटको दाहिने कोखामा लागेर उनी घाइते भएका छन् । उनको काठमाडौमा उपचार भइरहेको राजधानी दैनिकमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप